Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर महिला गम्भिर घाईते

Published on 8:07:00 PM //


पि.एम.मगर
गुल्मी, २३ भदौ । घाँस काट्ने क्रममा भिरवाट लडेर प्यूठानको ओखरकोटमा एक महिला गम्भिर घाईते भएकी छिन् । ओखरकोट गाविस ६ वेहोरे निवासी ३८ वर्षीया शिवा विश्वकर्मा घाँस काट्ने क्रममा भिरवाट लडेर घाईते हुनुभएको हो । आज विहान ९ वजेतिर घर नजिकैको तेर्सो मेला भन्ने भिरमा घाँस काट्ने क्रममा शिवा चिप्लिएर लडनुभएको थियो । करिव १ सय मिटर तल खस्नुभएका शिवाको टाउको लगायत शरिरका विभिन्न भागमा ठुल्ठुला चोटहरु लागेको र अहिले उहाँलाई थप उपचारका लागि वुटवल लगिएको त्यहाँवाट स्थानीय सन्तोष पोखरेलले जानकारी दिनभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग