Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिलन लामालाई युएईमा सम्मान (फोटो फिचर)

Published on 2:01:00 AM //

निमकान्त पाण्डे, युएई
२१ सेप्टेम्बरका दिन बर दुबईको याक एन्ड यती रेस्टुरेन्टमा आयोजित  चियापान तथा सम्मान कार्यक्रम बिच नेपालबाट आउनुभएका ख्याती प्राप्त गायक मिलन लामा लाई सम्मान गरियो । केहि दिन पहिले युएई आउनु भएकी नायिका पुजन प्रधान, मोडल आशिस पुरुष,स्थानीय कलाकार रेखा घिमिरेको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कल्याणकारी समितिकी अध्यक्ष ममता बिष्टले नेपाली  कला,सास्कृति र भाषालाई बिदेश सम्म पुराइ प्रबासमा पनि नेपालीहरुको कार्यक्रममा सहभागी जनाउनु भएकोमा धरै धरै धन्यबाद प्रकट गर्नु भएको थियो । कार्यक्रमको  अध्यक्षता श्याम पोख्रेलले गर्नु भएको थियो ।
सुभकामना दिदै सन हिल्स सिनेमा प्रोडक्सन् दुबइ का संचालक सुर्य अधिकारीले कलाकारहरु राष्टका गहना भएकोले युएई मा नेपालीहरुले यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो । यसरी कलाकारहरुलाई सम्मान गर्न पाउदा आफु लगायत  Sun Hills Cinema Production निकै खुसी भएको बताउनुभएको थियो। आउदो अक्टोबर १२ गते का दिन यूएई को बरदुबइ मा रहेको (प्लाजा) गोल्डेन सीनेमा हलमा नेपाली कलाकारहरुको पहिलो पटक अन्तरास्टिय  नेपाली चलचित्र अवार्ड कार्यक्रम हुन गइरहेको जनाउदै अधिकारीले कार्यक्रम “बक्स अफिस फिल्मी क्लब नेपाल” र “ सन हिल्स सिनेमा प्रोडक्सन् दुबइ” को संयुक्त आयोजना हुन लागेको जानकारी गराउनु भएको थियो ।
बि.स.२०६८ सालमा सर्बोक्रिस्ट चलचित्र, सर्बोक्रिस्ट गीत संगीतकारको पुरस्कार प्रदानका लागी नेपाली कलाकारहरु युएईमा आउने भएका छन  । बिदेसमा पहिलो पटक युएईका दर्शका माझ हुने भएको हुदा कार्यक्रममा सहभागीहुन सबैमा निमन्त्रणा गरिएको छ  ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग