Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो तम्घासमा आयोजित खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचर)

Published on 9:12:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २९ भदौ । राष्ट्रिय वालदिवशको अवसरमा आज गुल्मीमा विद्यालय स्तरीय लोक साँस्कृतिक खुल्ला नृत्य प्रतियोगिताको सम्पन्न भएको छ । हामी सवैको सरोकार शान्ति र संविधानमा सुनिश्चित वाल अधिकार भन्ने मूल नारा सहित जिल्ला वालसंगठन गुल्मीको आयोजना र जिल्ला विकास समिति तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । नेपाल वाल संगठनका जिल्ला संगठन गुल्मीका अध्यक्ष नन्दराम भुसालको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले विद्यालयहरुलाई शान्ति क्षेत्र वनाउनु पर्ने वताउनु भएको थियो । 
गुल्मी जिल्लामा अझै पनि चार प्रतिशत वालवालीकाहरु विद्यालय भर्ना नभएको भन्दै भर्ना भएका वालवालीहरु समेत आफ्नो अधिकारवाट वञ्चीत हुनु परेको वताए । वाल दिवसको अवशरमा आयोजित नृत्य प्रतियोगितामा रिडर्स पव्लीक हाईस्कुल प्रथम, महेन्द्र उच्चमा माध्यमिक विद्यालय द्वितीय र सिद्धवावा उच्च माध्यमिक विद्यालय तृतीय वनेका थिए । 
कार्यक्रममा अनौपचारीक सेवाकेन्द्र ईन्सेक गुल्मीको सहयोगमा वालश्रम शोषण विरुद्ध विषयमा सडक नाटक समेत प्रस्तुत गरिएको थियो । त्यसैगरि आज वाल दिवशको अवशरमा जिल्ला वालकल्याण समिति गुल्मीले पनि गुल्मीको रिमुवामा विविध कार्यक्रममका साथ वालदिवश मनाएको छ । कार्यक्रममा वालकल्याण समितिको तर्फवाट समतिका संरक्षक प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले दृष्टिविहीनहरुलाई १२ थान ट्रयाकसुट र ३ थान सेतो छडी प्रदान गर्नु भएको थियो ।
हेरौँ राष्ट्रिय वालदिवसको अवसरमा नेपाल वालसंगठन गुल्मीले शुक्रवार सदरमुकाम तम्घसमा आयोजना गरेको विद्यालय स्तरीय लोक साँस्कृतिक खुल्ला नृत्य प्रतियोगिताका तस्बिरहरु: 











माथिका सबै तस्बिरहरु जनार्दन घिमिरेले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग