Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुदनले अमेरिकाबाट ल्याए "डिस्ट्यान्स"

Published on 4:22:00 PM //


अनिल खत्री
नेपाली पप गायन क्षेत्रका चर्चित गाएक सुदन गैरेले आफ्नो दोस्रो एल्बम बजारमा ल्याएका छन । गाएक गैरेले नेपाली श्रोता माझ आफ्नो दास्रो एल्बम “डिस्टेन्स” भर्खरै बजारमा ल्याएका हुन । चितवनका गायक सुदन गैरेले यसअघि निकालेको “डिफाईन” ले श्रोताको मन जित्न सफल भएको थियो । “डिस्टेन्स” को केही समय अघिमात्रै अमेरिकामा विमोचन गरिएको छ । नेपाल अमेरिका प्रेस क्लबको  आयोजनामा अमेरिकाको अर्लिङटनको सेन्टर लाईब्रेरीमा एक भब्य कार्यक्रमको आयोजना गरि एल्बमको विमोचन गरिएको हो ।
“डिस्टेन्स”मा ६ वटा गितहरु रहेका छन जुन सबै माया प्रेम सम्बन्धी रहेका छन । एल्बममा गायक गैरे संगै किरण माईकल, कल्याण सिगं र कोशिस क्षेत्रीले शब्द संगित भरेका छन । एल्बमको तिम्रो मन बोलको गितको श्रब्य दृष्य समेत तयार पारिएको छ । यो गितमा चितवनकी गायिका उपमा श्रेष्ठको फिचरिङ रहेको छ । यो संगै कोईको माया हिरा, तिम्रो मेरो माया, गोरेटो उही, जुन मुटुमा र तिमीले दिएको भन्ने गितहरु समावेश गरिएको छ । गाएक गैरे विगत डेढ बर्षदेखि कामको सिलसिलामा अमेरिकामै रहँदै आएका छन । अमेरिकामा रहेपनि नेपाली गित संगितलाई माया मार्न नसकेर एल्बम निकालेको उनले बताएका छन । “नेपाली गित संगीतलाई माया गर्न नेपालमै बस्न पर्छ भन्ने छैन" गाएक गैरेले भने, “मैले नेपाली श्रोताको चाहना पुरा गर्नेे कोशिस मात्र गरेको हुं ।” गैरे नेपालमा रहँदा पनि निरन्तर सांिगतिक क्षेत्रमा लागिपरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग