Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तितो सत्य जोडी दिपक र दिपा तम्घासमा

Published on 4:45:00 PM //


अनिल खत्री
गुल्मी, असौज २६ । आइएमईले सुरु गरेको पश्चिम नेपालमा आईएमई हाँस्य-यात्रा बाइरोडको बाटोमा कार्यक्रममा बिभिन्न जिल्लामा आफनो प्रस्तुती देखाउदै हाँस्य कलाकारद्वय दिपक राज गिरी र दिपा श्री निरौला आज गुल्मीको सदरमुकाम तम्घासको लाकुरीमञ्चमा आफनो प्रस्तुती देखाएका छन ।
तम्घासमा बिहीवार हुने भनिएको कार्यक्रम प्राविधिक कारणवस शुक्रबार अर्थात आजलाई सारीएको थियो ।
आइएमईले पश्चिम नेपालका बिभिन्न जिल्लामा गरेको कार्यक्रममा हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले मञ्चको अधिकांस समयमा गुल्मी जिल्लाको वारेमा प्रशंसा गरेका थिए । गुल्मी जिल्लामा लोडसेडिङ रहेनछ अब त मेरो घर पनि गुल्मी तिर हो भन्नु पर्‍यो, काठमाडौ भनौँ भने लाइन चाहिने बेलामा आउदैन भन्दै ब्याङ्ग्य गदै दर्शकहरुलाई हसाएका थिए । हसाउँने क्रममा गिरीले अब त लोड सेडिङ्गले गर्दा कतै जनसंस्या बढाउँछ की क्याहो भन्दै थप ब्याग्य गरेका थिए । कार्यक्रमम छोटो समय भए पनि गिरी र दिपाले महिला हिंसा बर्तमान सांगितीक क्षेत्र, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको बारेमा समेत हाँस्य ब्यङ्ग्य गर्न भ्याएका थिए । कार्यक्रममा आइएमई सम्बन्धी केहि रोचक प्रश्न गर्दै प्रश्नको उत्तर मिलाउने दर्शकहरुलाई आइएमईको तर्फबाट आइएमईको लोगो अङ्कित  टिसर्टहरु बाँडिएको थियो । गुल्मी पछी आजै उनिहरुले पाल्पामा आफ्नो प्रस्तुती दिएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग