Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनुप थापाको हत्यारालाई कारवाही गर्न माग

Published on 3:32:00 AM //


यो पनि पढ्नुहोस्:
हङकङमा नेपालीहरुको ग्याङ फाईटमा गुल्मीका युवा मारिए (फोटो फिचर सहित)


हङकङ, १२ अक्टोबर । गुल्मी समाज हङकङ र मगर संघ हङकङलगायत यहाँका नेपाली संघसंस्थाहरुले अनुप थापाको हत्याका दोषीहरुलाई पक्राउ गरी कडा कारवाही गर्न हङकङ सरकार र सम्बन्धित निकायसंग अपिल गरेका छन्।

नेपालमा गुल्मी तम्घास घर भएका र हङकङको युन लङमा बसोबास गर्ने १९ वर्षीय थापाको दुई समूहबीच भएको ग्याङ्ग फाइटमा गत सेप्टेम्बर २३ तारिख राति मृत्यु भएको थियो। युन लङस्थित नाम पिन वाई बास्केटबल कोर्टमा भएको दोहोरो झडपमा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा सोही राति अस्पतालमा मृत्यु भएको थियो। घटनामा अरु दुई घाइते भएका थिए।

गुल्मी समाज हङकङका अध्यक्ष नेत्र पहराई र मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योति आलेमगरले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषीउपर कडा कारवाहीको माग गरेका हुन्।

प्रेस विज्ञप्तिमा गुल्मी समाज हङकङ र मगर संघ हङकङसहित ६० वटा नेपाली संघसंस्थाहरुको नाम उल्लेख गरिएको छ। विज्ञप्तिमा गलत क्रियाकलाप र कुलतमा लागेका आफ्ना छोराछोरीलाई विशेष निगरानी र ख्याल राख्न तथा आवश्यक सहयोग चाहिइएमा आफूहरुलाई सम्पर्क गर्न समेत अभिभावकहरुसंग अनुरोध गरिएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग