Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समितिले भलिबल खेलाडी सुजन श्रेष्ठलाई बिदाई गर्ने

Published on 4:52:00 PM //


नेपाल कोरिया न्युज
कोरिया, अक्टुबर २६ । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले भलिबल खेलाडी सुजन श्रेष्ठलाई बिदाईका साथसाथै दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आउंदो नोभेम्बर ११ तारिखका दिन उनलाई गुल्मी सम्पर्क समितिले प्रवासी भूमिमा अति नै ब्यस्तताका बावजुद पनि आफ्नो जन्मथलो गुल्मीको चिनारीका लागि बिभिन्न संघसंस्थाहरुले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलहरुमा समितिको तर्फबाट सहभागी भई अति नै अनुशासित तवरले आफ्नो खेल प्रदर्शन गरी समितिलाई ऐतिहासिक रुपमा ११ औं पटक बिजय हासिल गराउन महत्वपूर्ण योगदान दिनुभएका खेलाडी सुजन श्रेष्ठको बिदाई तथा दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम राखेको जनाएको छ ।
यसर्थ उक्त दिन गुल्मी जिल्लाबाट बिभिन्न पेशा ब्यवसायका लागि कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा उपस्थितीका लागि अनुरोध गर्दै सम्पूर्ण गुल्मीवासीहरु एकै ठाउँमा भेला भई दशैं तिहार शुभकामना कार्यक्रम भब्यताका साफल पारिदिनका लागि आयोजकले अनुरोध गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग