Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संसारकै सबभन्दा सानो अन्डा

Published on 8:07:00 PM //


बेइजिङ , कार्तिक ५ - चीनमा करिब दुई सेन्टिमिटर आकार र २.५८ ग्राम तौल भएको संसारकै सबभन्दा सानो अन्डा भेटिएको छ । चोङकिङ नगरपालिकाको सापिंगवामा फेला परेको नयाँ अन्डाले सम्भवतः सबभन्दा सानो अन्डाको रेकर्ड तोड्ने चिनियाँ अधिकारीहरूले बताएका छन् । अहिलेसम्म फेला परेको र प्रमाणित भएको सबभन्दा सानो अन्डाको आकार २.१ सेन्टिमिटर र ३.४६ किलोग्राम तौल छ । अमेरिकाको पश्चिम भर्जिनियाका डोनी रसेल अन्डाका मालिक हुन् । मलेसियाको बन्टम प्रजातिको कुखुराले सोमबार यस्तो अन्डा पारेको हो । यो अन्डाले मिडियाको ध्यान तानेको देखेर कुखुरा मालिक नाई ५५ वर्षे हेय दाइयु छक्क परेका छन् । नोभेम्बरदेखि उत्पादन सुरु गरेको यो कुखुराले अहिलेसम्म १ सय ५० सामान्य अन्डा कोरलिसकेको उनले बताए । यो सानो अन्डाले आफूलाई साँच्चिकै हैरान पारेको उनले बताए । यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा सामेल गर्ने प्रक्रिया बुझेपछि यसका लागि प्रयास गरिरहेको उनले जानकारी दिए । बिरालो, कुुकुर र चराप्रेमी उनले गत वर्ष ३२ अमेरिकी डलरमा उक्त कुखुरा किनेका थिए । -एजेन्सी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग