Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा १५ घाईते

Published on 1:39:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १३ कात्तिक । गुल्मीको ठूलो लुम्पेक गाविसवाट वुटवल तर्फ जाँदै गरेको लु १ ज १९५८ नम्वरकाृ जीप आज अपरान्ह गुल्मीको ग्वादी गाविस ५ स्थित साँघुरेमा र्दुघटना भएको छ । दूर्घटनामा परि जीपमा सवार १५ जना घाईते भएका छन् । घाईते मध्य नौं जनालाई थप उपचारकालागि लुम्विनि मेडीकल कलेज प्रवास पाल्पामा पठाईएको र अन्यको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज देव वहादुर वुढाथोकिले जानकारी दिनु भएको छ । घाईते मध्य तीन जनाको अवस्था गंभिर रहेको वताईएको छ । साँघुरो वाटामो व्रेक फेलभई उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । जीप सडकवाट ५० मिटर तल खसेको थियो । चालकलाई भने प्रहरीले नियन्त्ररणमा लिएको छ । घटना स्थल सदुमुकाम तम्घासवाट ५५ किलोमिटर टाढा पुर्वमा पर्दछ । घाईतेहरुलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धाकार्य गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग