Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो महायज्ञको पहिलो दिन (फोटो फिचर)

Published on 1:59:00 AM //



जनार्दन घिमिरे
गुल्मी, १५ कात्तिक । रेसुङ्गा क्याम्पसको वृहत्तर विकास सँगै शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्नकालागि बुधवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा श्रीमद भागवत विश्व शान्ति ज्ञान महायज्ञ संचालन भएको छ । रेसुङ्गा वहुमुखी क्याम्पस गुल्मीद्वारा सन्चालन गरिएको उक्त महायज्ञको पहिलो दिन ५० लाख रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक सिमितिका संयोजक शुरेशचन्द्र भुसालले जानकारी दिनु भएको छ । महायज्ञका लागि जिल्ला विकास समिति गुल्मीवाट रु ३० लाख, गुल्मी उद्योग वाणिज्य संघवाट पाँच लाख, तम्घास गाउँ विकास समितिवाट पाँच लाख, रेसुङ्गा वुहुमुखि क्याम्पसका प्राध्यापकहरुवाट रु ८ लाख र अन्य व्यक्तिहरुवाट समेत गरि उक्त रकम संकलन भएको हो । महायज्ञको विश्वहिन्दु महासंघका केन्द्रिय अध्यक्ष दामोदर गौतमले उद्घाटन गर्नु भएको थियोे । उक्त महायज्ञको कथा वाचनको रुपमा प्रविण दिनबन्धु पोखरेल रहनु भएको छ । महायज्ञ कार्तिक २२ गतेसम्म संचालन हुने वताईएको छ । महायज्ञमा ३ करोड भन्दा वढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको उद्घाटनको पूर्वसन्ध्यामा बुधबार विहान शोभायात्रा गरि वजार परिक्रमा गरीएको थियो ।
हेरौँ महायज्ञको पहिलो दिन गुल्मीबाट घनश्याम गौतम, जनार्दन घिमिरे, प्रेम सुनारघनश्याम पौडेल खिच्नुभएका केही मुख्य मुख्य झलकहरु:























भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग