Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मी सेवा समाज, युएईको देउसी-भैलो तथा लोकदोहोरी (फोटो फिचर)

Published on 4:25:00 AM //



गिता मणि पाण्डे
युएई, १६ अक्टोवर शुक्रवारका दिन गुल्मी सेवा समाज युएईले देउसी भैलो तथा दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ। बर दुवईमा रहेको एभरेष्ट इन्टरनेशनल होटलमा संस्थाका अध्यक्ष संकर ज्ञवालीको सभापतित्वमा युएईका लागि नेपाली राजदुत धनञ्जय झाको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रमको सञ्चालन गिता मणि पाण्डेले गरेका थिए।रोजगारीको सिलसिलामा युएईमा छरिएका गुल्मेलि दाजु भाई दिदी वहिनीहरुलाई एकावद्ध गर्ने हेतुले अक्टोवर १० तारिक २०११ का दिन समाजको स्थापना गरिएको थियो। तर आदिकारिक कार्यक्रम पहिलो भएकोले यसले आज आएर युएईमा अहिले सम्म नभएको नमुनाको रुपमा देउसी भैलो तथा दोहोरी गीत प्रतियोगिता भएको जानकारी संस्थाका अध्यक्षले गराएका थिए। उक्त कार्यक्रममा राजदुतावासका द्धितीय सचिव ललित श्रेण्ठ, लोक सुवेदी, यमलाल शर्मा पगेनि, क्ण्ण के सी, चन्द्र रोकाहा, हरी नेपाली, लक्ष्मण खनाल, डि एल शर्मा, प्रकाश कौइराला, भुपति न्यौपाने, वावुराम पौडेल, गोपाल कडेल, शुरेस ढकाल आदिको उपस्थिती रहेको कार्यक्रममा सभापति र प्रमुख अतिथीवाट दियो जलाएर उद्घाटन गरिएको कार्यक्रममा देउसी भैलो गीत गाएर स्वागत गरिएको थियो ।
स्वागत मन्तव्य दिदैं कार्यक्रका संयोजक लक्ष्मण भण्डारीवाट सवै संघ संस्थाका पदाधिकारी, वुद्धिजीवी, व्यवसायी, पत्रकार, साहित्यकार, समाजसेवी, नेपाली दाजु भाई दिदी वहिनीहरु त्था प्रतियोगितामा भाग लिन आउने कलाकारहरुलाई स्वागत गरेका थिए प्रतियोगितामा भाग लिन टाढा टाढावाट आएर १५ टिमले भाग लिएका थिए भने खुल्ला प्रतियोगिताको लागि निर्णायक मण्डलको निणर्य वाट ४ जनाको छनोट गर्दै अनिल सापकोटा प्रथम, सुदिप प्रयासी द्धितीय, प्रकाश न्यौपाने विरही तृतीय, विष्णु भटटराई चौथो स्थान भएको घोषणा गरिएको थियो भने सम्पूर्ण कलाकारहरुले प्रतियोगितामा राम्रो गर्नु भएको अझै आउने दिनहरुमा अझै राम्रो हुनेमा विश्वास दिलाईएको थियो। अन्तमा विजेताहरुलाई सभापति र अतिथीवाट सिल्ड, प्रमाण प्रत्र र पुरस्कारवाट सम्मान गदै कार्यक्रमका सभापतिवाट गुल्मी सेवा समाज युएइको वारेमा प्रष्ट पार्दै उपस्थित सवैलाई धन्यवाद दिदैं अव आउने दिनहरुमा संघ संस्था संग हातेमालो गर्दै काम गर्ने प्रतिवद्धता जाहेर गर्दै सभा विर्सजन गरिएको थियो।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग