Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रदेशीको तिहार

Published on 5:12:00 AM //


-कुशल बुचा 

यसपल्ट नी आएन बहीनी, फेरी पहिला जस्तै भयो.!
तिमीले हेर्ने बाटो रित्तो, मेरो निधार जस्तै भयो ...!!

तिम्रो साटो म रोइदिउँला, तिम्रो आँखामा आशु नलिनु..!
आशु झर्ने मेरो आँखा, सुखेको मूल जस्तै भयो ....!!

बाबाआमा आउँला एकदिन, मन बुझाई राखनु होला ..!
सधै सुखने गोदावरीलाइ, व्यर्थै सिँचाई जस्तै भयो....!!

साथीभाईले भैलो खेली, गाउँ रमाइलो खुसी बनाउनु ..!
अरु खुसीमा रमाउने परदेशी, आफै स्वार्थी जस्तै भयो !!

आफन्तहरु मिठो रोटीसंगै, रमाई दुखसुख साट्नु होला ..!
प्रदेशी यो हाम्रो जीवनमा दुख, तितो सत्य जस्तै भयो ..!!

मिलन र बिछोड भन्छन, सबै जिन्दगीको रित हो रे ..!
खोइ किन जीवनमा आज, जीत बिछोडको जस्तै भयो ..!!

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग