Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४० रुपैयाँ घूस लिने ५ ट्राफिक निलम्बनमा

Published on 5:03:00 AM //


अब घूस दिनेलाई पनि कारबाही

मकर श्रेष्ठ
काठमाडौ, मंसिर १७ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालीस रुपैयाँ घूस लिएको आरोपमा प्रहरी हवल्दारसहित पाँचजना ट्राफिकलाई निलम्बन गरेको छ । भारतीय नम्बर प्लेटको गाडीका चालकसँग घूस लिँदालिँदै ललितपुर सानेपामा महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले पाँचैजनालाई बिहीबार साँझ नियन्त्रणमा लिएर निलम्बन गरेका हुन् ।

महाशाखाका अनुसार निलम्बन हुनेमा जिल्ला ट्राफिक कार्यालय सप्तरी दरबन्दी भएका प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठ, महानगरीय ट्राफिक प्रहरी महाशाखा दरबन्दी भएका प्रहरी जवान लालबाबु चौधरी, सोमराज चौधरी, दरबारमार्ग प्रभाग दरबन्दी भएका जवान चक्रबहादुर बिष्ट र रामचन्द्र श्रेष्ठ छन । महाशाखाले उनीहरूलाई शुक्रबारदेखि लागू हुने गरी निलम्बन गरेको हो । अर्याल कालिमाटी, बल्खु हुँदै कोटेश्वर आउँदै थिए ।

'साँझको सडकको अवस्था बुभmन सिभिलमा निस्केको थिएँ । सानेपाको दाहिनेतर्फ गाडी रोकेर चेकिङ गरिरहेको देखें,' अर्यालले कान्तिपुरसित भने, 'म चढेको गाडी अगाडि रोकेर पुनः पैदल हिंडेर चेकिङ भइरहेको ठाउँमा र्फकंदा पैसाको बार्गेनिङ सकेर लिइरहेको भेटंे । पैसा लिएको पूरै सिन नै देखें ।' केहीछिनअघि महाशाखाकै गाडीमा हुइँकिएको हाकिम पुनः फर्केला भन्ने उनीहरूले सोचेका पनि थिएनन् । चेकिङ भइरहेको ठाउँ एकान्त र अँध्यारो भएको उनले बताए ।

भारतीय एच आर ६७-५७९० नम्बरको गाडी सातदोबाटोबाट रक्सौल जाँदै थियो । गाडीका चालक महम्मद अली र सहचालक अंकुर सिंहले प्रहरीले पैसा लिएको भन्दै दिएको उजुरीमा भनिएको छ,'कलंकीतर्फ गइरहेको अवस्थामा रिङरोडस्थित सानेपा पुग्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा मैले चलाएको उक्त नम्बरको गाडीलाई रोके । मसँग लाइसेन्स मागेपछि मैले लाइसेन्स दिएँ । ट्राफिक प्रहरीले गाडी पासका लागि इन्ट्री गर्नुपर्छ भने । त्यसका लागि तपाईंले १ सय रुपैयाँ दिनुपर्छ  भने । मैले हामीसँग पैसा छैन गाडी पनि खाली छ । चेक गर्नुहुन्छ भने गर्नुहोस् भन्दा उल्टै यस ठाउँबाट जानु छ भने सय रुपैयाँ अवश्य चाहिन्छ नत्र जान मिल्दैन भने । त्यसपछि मेरो गोजीमा भएको सबै रकम ४० रुपैयाँ दिंदै गर्दा सिभिल पोसाकमा रहेका मानिसले देखे । ट्राफिक अफिसमा गई आपmनो साँचो व्यहोरा भनिदिएँ । म ट्राफिक प्रहरीको हाकिम हुँ भनेकाले हामीले उहाँको आदेशअनुसार उजुरी गरेका हौं ।'

उनको निवेदनमा प्रहरी हवल्दार श्रेष्ठसमेतको टोलीले बिनाकसुर जबरजस्ती रकम मागेको आरोप लगाएको छ । छिटो, छरितो र सुलभ रूपमा सेवा प्रदान गर्नुपर्नेमा प्रहरी संगठनको आचरणविपरीत आर्थिक अनियमितता गरेकाले निलम्बन गरेको अर्यालयले बताए । 'रकम थोरै भए पनि प्रहरी आचरणविपरीत कार्य गरेपछि कारबाही गरेको हो,' उनले भने, 'अब घूस लिनेलाई मात्रै होइन, दिनेलाई पनि कारबाही गर्छुं । अहिले मापसे चेकिङबाट उम्कन पैसा खुवाउने गरेको सुन्ने गरेको छु । छड्के चेकिङ बढाएर लिने र दिने दुवैलाई कारबाही गर्छुं ।'

आर्थिक पारदर्शी आफैंबाट सुरु गर्ने अर्यालले बताए । 'आर्थिक प्रलोभनमा म आफैं नपरेपछि अरूले लिने हिम्मत गर्न सक्दैन,' उनले भने, 'सुधार मबाटै हुन्छ ।' अर्यालले महाशाखाको जिम्मेवारी सम्हालेको शनिबार एक महिना भयो । उनले ट्राफिकमा हुने अनियमितता रोक्न प्रहरी उपरीक्षकको नेतृत्वमा अनुगमन टोलीसमेत गठन गरेका छन् । 'जनताले ट्राफिक पैसामा बिक्छ भन्ने यो घटनाले प्रस्ट बनाइदिएको छ,' अर्यालले भने, 'यस्ता कार्य रोक्छु । छड्के चेकिङ अभियानका रूपमा लैजान्छु ।'
कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग