Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा बागलुङ सेवा समाजले बार्षिक उत्सव तथा नयाँ बर्ष मनाउने

Published on 5:47:00 PM //


लालबहादुर ढेंगा
दुबई । बागलुङ जिल्लावासीहरुको सांझा संस्था बागलुङ सेवा समाजयुएईले आफ्नो एक बर्षे कार्यकाल पूरा गरेको उपलक्ष्यमा आगामी ४ जनवरी २०१३ शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, कलाकार, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको बृहत् भेला गरि विविध गजल र कविताहरु बाचनका साथ बार्षिक उत्सव तथा नव बर्ष २०१३ को शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत बागलुङ जिल्लावासीहरुलाई आइपर्ने समस्याहरुको समाधान तथा सबैलाई समेट्ने हेतुले गोपाल कंडेलको अध्यक्षतामा गत साल १६ सेप्टेम्बर २०११ मा विधिवत रुपमा स्थापना गरिएको थियो । समाजले आफ्नो एक बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेको अवसरमा बार्षिक उत्सव मनाउन लागेका हुन् ।
स्थापनाकालदेखि नै प्रवासी नेपालीहरुलाई आई परेका समस्याहरुको समाधान गर्दै युएईमा रहेका अन्य विभिन्न संध संस्थाहरुसंग पनि सहकार्य गर्दै आइरहेका छन् । त्यस्तैगरी दशैं, तिहार, नयां बर्षको कार्यक्रम तथा भलिवल प्रतियोगिताको आयोजना गरि देशको कला, संस्कृति र खेल जगतको पनि उत्थान गरेको पाइन्छ । प्रवासको भूमिमा पनि आफ्नो ड्यूटीबाट बचेको समयलाई सामाजिक कार्यमा योगदान पु¥याएका छन्, बागलुङ समाजका पदाधिकारीहरुले ।
उक्त बार्षिक कार्यक्रमको अवसरमा युएईमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुनको लागि सोही समाजका कोषाध्यक्ष पिताम्बर पाण्डेले आग्रह समेत गर्नुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग