Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजदुरले मालिकलाई घरमै जलाएर मारे

Published on 5:39:00 PM //


असाम (भारत), पुस १२ - भारतको असाम राज्यका चिया मजदुरको समूहले आगो लगाएर मालिक र उनका पत्नीलाई मारेका छन् । असामको एक चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रितालाई बुधबार घरमै आगो लगाएर मारिएको हो । करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगाएका थिए । उनीहरुलाई बाहिर निस्कन नदिएर भित्रै जलाइएको बुझिएको छ । घरमा रहेको दुईवटा सवारीसमेत जलेको छ ।

केही मजदुरको आवास सुविधा खोस्ने निर्णएपछि दुई हप्तादेखि मजदुर र मालिकबीच विवाद चर्किएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दुई बर्षअघि भट्टाचार्यकै नाममा रहेको गुहावटीको अर्को चिया बगानका मजदुरले फ्याक्ट्रीमै आगो लगाएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग