Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिंगापुरमा २६ बर्षपछि हड्ताल

Published on 4:12:00 AM //


नेपाल समेत दुनिया का धेरै देशमा हड़ताल सामान्य जस्तै छ । तर सिंगापुर मा भने २६ बर्ष पछि पहिलो पटक हड़ताल भएको छ । हड्ताल गर्ने २९ चीनियाँ ड्राइवरहरूलाइ चिन फिर्ता गरिदिएको छ सिंगापुरले ।
चिनका १७१ जना सवारी चालकले पछिल्लो हप्ता तलव र खानपानलाइ व्यवस्थित बनाउन माग गरेर काम बहिस्कार गरेका थिए । उनीहरू सिंगापुर निकाला भएका छन् ।

सिंगापुरले विदेशी कामदारलाइ सह्य व्यवहार नगरेको भन्ने चर्चा उठ्न थालेको छ । चिनले आफ्ना नागरिकलाइ गरिएको गिरफ्तारी र फिर्तिले दुःखी बनेको प्रतिकृया दिएको छ ।

हड़ताल गर्न पाइदैन
गिरफ्तार भएका मध्ये एकजनालाइ अपराधि घोषित गर्दै छ साता कैद सजाय समेत सुनाइएको छ । हड़ताल विरोधी कानून अनुसार यो कारवाही गरिएको हो । सिंगापुरमा पूर्व सूचना विना हड्ताल वा काम छाड्नु गैरकानुनी मानिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग