Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी मेला भर्न काम्लो व्यापारीहरु आउने क्रम वढ्दो, राष्ट्रपती पनि मेला भर्न रिडी जाने

Published on 3:31:00 AM //


पि.एम.मगर
गुल्मी, पौष २३ – परम्परादेखि रिडी मेला भर्न जाने रुकुम, रोल्पा, तल्लो डोल्पा र ढोरपाटन आसपासका स्थानीय बासिन्दाको रिडी जाने लहर यो वर्ष पनि शुरु भएको छ ।
विशेष गरी वर्षमा एक पटक रुरु धामको दर्शनसँगै माघे सँक्रान्ति मेलामा आफुले भेडाको ऊनबाट तयार पारेका काम्लो र ओख्खरको घाँजी व्यापारका लागि उनीहरु रिडी पुग्ने गर्दछन् । व्यापारवाट आएको पैसाले विभिन्न उपहार र नगद सहित चेलीबेटीलाई पुज्ने र सम्मान गर्ने प्रचलन अनुसार यो वर्ष पनि काम्लो र ओख्खरको घाँजी लिएर पश्चिमका काम्लो व्यापारीहरु रिडीका व्यापारका लागि चार दिनको पैदलमा बुर्तिवाङ आई पुगेका छन् ।
काम्लो र ओखरको घाँजीको व्यापार गर्दै रुकुम, रोल्पाका स्थानीयवासीहरु बुर्तिवाङबाट ६ दिनको पैदलमा रिडी मेलामा पुग्ने गर्दछन् । यो वर्ष प्रति काम्लो २ हजारदेखि २४ सय रुपैयाँ सम्ममा व्यापार गर्दै आएको र रिडी मेलामा ३ हजार ३५ सय रुपैयाँसम्म पर्ने रिडी मेलाका लागि हिड्नुभएकी रुकुम टकसेराकी दिलकुमारी बुढाले बताउनुभयो ।  वर्षनी ३ सयको संख्यामा काम्लो तथा ओखरका व्यापारीहरु रिडी मेलामा पुग्ने गर्दछन् । यस वर्षको माघे सक्रान्ति मेलामा राष्ट्रपति डा. रामवरण यादव पनि आउने कार्यक्रम रहेको छ । राष्ट्रपति पनि आउने भनिएपछि यस वर्षको मेलामा धेरै सङ्ख्यामा मानिसहरुको उपस्थिति हुनसक्ने अनुमान गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग