Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेहुली जस्तै सिँगारियो रिडी, सुरक्षा ब्यवस्था कडा पारियो (फोटो फिचर)

Published on 10:05:00 PM //


घनश्याम गौतम
रिडी (गुल्मी)– धार्मिक क्षेत्र रुरुमा माघे संक्रान्ति मेलाको अन्तिम तयारी पुरा भएको छ ।
यस वर्षको मेलामा कालीगण्डकी गण्डक स्नान, श्रृषिकेश दर्शन र रिडी क्षेत्र अवलो कनका लागि राष्ट्रपति रामबरण यादव समेत आउने भएपछि रिडीबासी समेत उत्साहित भएका छन् । राष्ट्रपति यादवको सुरक्षा व्यवस्थाका लागि समेत सबै तयारी पुरा गरिएको मेला मुल आयोजक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले बताए ।
हेरौँ रुरु क्षेत्र रिडिबाट रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नु भएका मेला तयारी सम्बन्धी केही फोटोहरु ।
राष्ट्रपति यादवको सम्मानका लागि रिडीबासीले रुरु क्षेत्रलाई नै आर्कषक बनाएर सिंगारेका छन् । रिडी बजार ध्वजापतका र स्वागतद्वारले सिंगारिएको छ । राष्ट्रपति यादवको कालीगण्डकी स्नानका लागि मुल आयोजक समितिले कालीगण्डकी किनारमा अस्थायी स्नान घर निर्माण गरिदिएका छन् । विश्व सम्पदा सुचिमा सूचिकृतको प्रकृयामा रहेको रुरु क्षेत्रको अवलोकनका लागि राष्ट्रपतिले इच्छा व्यक्त गरेका हुन् ।
माघे संक्रान्ति मेलामा राष्ट्रपति यादव सहित सरकारका मुख्य सचिव लिलामणी पौडेल, यादवका स्वकिय सचिव ललित बस्नेत, पूर्व सभाषद प्रदिप ज्ञवाली लगायतका उच्च पदस्थ व्यक्तिहरु सोमबार रिडी आउने भएका हुन् । मेलाको व्यवस्थापन र संयोजन गुल्मी, पाल्पा र स्याङजाका जिविस, प्रसाशन र प्रहरी कार्यालयले गरेका छन् ।
मुख्य चारधाम मध्येको एक मानिने रुरु क्षेत्रलाई युनेस्कोले यसै बर्षदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने गरी प्रकृया अगाडी बढाएको छ । त्यसका लागि युनेस्कोका प्रतिनिधीहरुको टोली रिडीमै आएका धार्मिक सम्पदाहरुको इतिहास, अवलोकन, सूचिकृतका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विषयमा अध्ययन गरी फर्किसकेको र अब घोषणा प्रकृयामा रहेको पुर्व सभाषद प्रदिप ज्ञवालीले बताए । सूचिकृतको प्रकृयामा रहेको अवस्थामा राष्ट्राध्यक्षबाटै यस क्षेत्रको अवलोकन हुने भएपछि स्थानीय बासिन्दा समेत उत्साहित भएका छन् ।
धार्मिक महत्वमा पशुपति, मुक्तिनाथ, देवघाट पछि रुरु क्षेत्र प्रख्यात रहे पनि संरक्षण, प्रचारप्रसारको अभावमा रुरु क्षेत्र ओझेलमा पर्ने गरेकोले यस वर्ष तिनवटै जिल्लाहरुको संयोजनमा मेलालाई भब्य रुपमा सम्पन्न गर्न थालिएको स्थानीय विकास अधिकारी ज्ञवालीले बताए । गुल्मी, पाल्पा र स्याङजाको संगम स्थलमा पर्ने कालीगण्डकी स्नान, श्रृषिकेश र रुरु कन्याको दर्शन गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वास सहित रिडी मेला तिनदिनसम्म चल्ने गर्दछ ।
स्थानीय विकास अधिकारी ज्ञवालीले राष्ट्रपति यादवले मेलाको पहिलो दिन माघ १ गते गण्डक स्नान गर्ने, श्रृषिकेश, रुरु कन्या र देवदत्तको दर्शन गर्ने, गरी स्थानीय बासिन्दासंग रुरु क्षेत्रको महत्व र समस्याका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ । त्यसका लागि राष्ट्रपति २ घण्टा रिडीमै रहने छन् ।
गण्डक स्नानसंगै हातैले बुनेर तयार पारिएका राडी, पाखी, काम्ला, डाला, नाङला, लगायतका सामाग्रीहरुको खरिद विक्रिका लागि समेत रिडी मेला यस क्षेत्रमै प्रख्यात मानिन्छ ।
मेलाका लागि रुकुम, बाग्लुङ्ग, लगायतका जिल्लाहरुबाट भेडाको उनबाट तयार पारिएका राडी पाखी विक्रिका लागि व्यापारीहरु आउने गर्दछन् । मेलाका लागि व्यापारीहरु आउने क्रम शुरु भैसकेको समितिले जनाएको छ ।
राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तिहरु समेत मेलामा सहभागी हुने भएकाले यस वर्षको मेलामा आवश्यक सुरक्षा व्यवस्थालाई मजबुत पार्न थालिएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए । त्यस्तै जिल्ला स्थित प्रहरी, कालीदत्त गुल्म लगायतले समेत रिडी मेलाको सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिरहरेको ज्ञवालीले बताए ।






माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कका सुन्दर कसजुले खिच्नुभएको हो ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग