Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपतीले रिडी पुगेर ऋशीकेषसँग के वर मागे?

Published on 5:33:00 PM //

‘पवित्र भएर मैले आज राष्ट्रले छिटो निकास पाहोस भन्ने कामना गरेको छु’, उहाँले भन्नुभयो, ‘देशको भलो होस, परिवर्तन संस्थागत बनोस, मुल कानून बनोस, रुरु क्षेत्रका भगवानहरु समक्ष मेरो यही कामना छ ।’
शिबलाल सुबेदी
गुल्मी, १ माघ । राष्ट्रपति रामबरण यादवले राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । माघे संक्रान्तिको अवसरमा चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्न सोमबार गुल्मीको रिडी आउनु भएका राष्ट्रपति यादबले परिवर्तन संस्थागत गर्नका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको हो । उहाँले त्यसका लागि निर्वाचनमा जानु जरुरी रहेको समेत बताउनु भएको छ ।

यस्तो रह्यो राष्ट्रपतिको रिडी भ्रमण (फोटो फिचर)

‘मैले देश र राजनीति बुझेको छु’, मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले भन्नुभयो, ‘देशको सर्बोत्तम हितका लागि सबैसंग मिलेर निकास निकाल्न जरुरी छ, त्यसमा म प्रतिबद्ध छु ।’ हेलिकप्टरबाट दिउँसो १ बजे कालीगण्डकी किनारमा ओर्लिनु भएका राष्ट्रपति यादवले २००७ र २०४६ सालको परिवर्तन संस्थागत गर्न नसक्दा २०६२-०६३ को आन्दोलन आवश्यक परेको बताउनु भयो । त्यसैले २०६२-०६३ को परिवर्तनलाई संस्थागत गर्नु जरुरी रहेको बताउनु भयो । राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी पवित्र भएर श्रृषिकेश भगवानको मन्दिरमा पुजा गरेर राष्ट्रले छिटो भन्दा छिटो निकास पाहोस भन्ने कामना गरेको गुल्मीन्युज डट कमलाई बताउनु भयो ।
‘पवित्र भएर मैले आज राष्ट्रले छिटो निकास पाहोस भन्ने कामना गरेको छु’, उहाँले भन्नुभयो, ‘देशको भलो होस, परिवर्तन संस्थागत बनोस, मुल कानून बनोस, रुरु क्षेत्रका भगवानहरु समक्ष मेरो यही कामना छ ।’ उहाँले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि सवै पार्टिहरु एक ठाउँमा आएर राष्ट्रको सर्वोपरि हितमा लाग्नु जरुरि भएको भन्दै त्यसका लागि जनतामा जान जरुरी रहेको वताउँनु भयो । देशको हितका लागि आफ्नो महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले ंत्यसका लागि सविधानभित्र रहेर सबैलाई समन्वय गरेर निकास निकाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । "हाम्रो ठुलो त्रुटीका कारण सबिधान सभाको बिदा भएको यादवले बताउनु भयो । हाम्रै त्रुटीले सबिधान सभा बिदा भएर गएको हो, अव राष्ट्रपति सँस्था रहेको छ यसलाई बचाएर मुलुकको निकास छिटो निकाल्न जरुरी भएको छ" उहाँले भन्नुभयो ।

राष्ट्रपति डा. यादवले आफु धार्मिक स्थल काली गण्डकिमा पञ्च स्नान गरि ऋशीकेष भगवानको दर्शन गरेको उल्लेख गर्दै उहाँले देशको ईतिहास भुगोल र राजनैतिक उतार चढाव सवै कुरालाई मनन् गरेर देशको लागि निकास निकाल्नु आफ्नो प्रमुख कर्तव्य रहेको समेत वताउनु भयो । उहाँले भन्नुभयो “आफ्नो भूमिका देशको ईतिहास भुगोल राजनैनितक उतारचढाव लगातयका कुरालाई मनन गरेर देशको सर्बेात्तम हितमा सबैलाई समन्वय गरेर निकाश निकाल्नु मेरो कर्तव्य छ ।”
राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी श्रृषिकेष र रिडीमै निर्माण गरिएको देबदत्त पार्कको समेत अबलोकन गर्नु भएको थियो । उहाँसंगै शान्ति तथा पुन निमार्ण मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल, निजी सचिव ललित बस्नेत लगायतको टोली गुल्मीको रिडीमा आएको थियो । राष्ट्रपतिका लागि यहाँको सुरक्षा ब्यवस्था कडा पारीएको थियो । सुरक्षाका लागि ७ सय भन्दा बढी सुरक्षाकर्मीहरुले राष्ट्रपतिको सुरक्षा दिएका थिए । राष्ट्रपति यादव रिडी मेलाको अवलोकन र उद्घाटन गरेर करिव २ घण्टा रिडीमा रहेर फर्कनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग