Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्यूठानी बजारमा गुल्मेली सुन्तला

Published on 3:38:00 PM //


गिरुप्रसाद भण्डारी
प्यूठान, २८ पुस । प्युठान सुन्तलाले राम्रो भाउ पाउन थालेपछि गुल्मीका किसान भाउ खोज्दै सुन्तला बेच्न प्यूठान आउन थलेका छन् । गुल्मीमा भन्दा दोब्बर भाउमा बिक्रि हुने भएकाले गुल्मेली किसानको सुन्तलाको बजार प्यूठान बनेको हो ।
जिल्लाको मुख्य बजार बिजुवार, बाग्दुला, खलंगा लगायतका चोकचोकमा गुल्मिका किसान मंसिरको अन्तिम हप्तादेखि डोकाभरी सुन्ताला राखेर बिक्रि गर्न बसेको भेटिन्छन् । राम्रो दाना हुने र गुलियो हुने भएकाले सुन्ताला ग्राहकले मन पराएका हुन् । गुल्मीको पश्चिमी क्षेत्र हाडहाडे, बाँझकटेरी, पुर्कोटदह, अग्लुङलगायतका गाविसबाट किसान सुन्तला बेच्न आउने गरेका छन् । त्यस्तै यस सिमा क्षेत्रका प्यूठानका किसानहरुले समेत गुल्मीबाट सुन्तला खरिद गरी विक्रिका लागि ल्याउने गरेका छन् ।
‘तम्घासमा दुई रुपैयाँ पर्ने सुन्तला दाना यहाँ पाँच रुपैयाँमा बिक्रि हुन्छ’, हाडहाडे–८ का किसान गंगा बिसीले भन्नुभयो, ‘राम्रो भाउ पाउने भएकाले दुई दिन लगाएर आँउछौ ।’ उहाँका अनुसार एक डोको एक दिनमा बिक्रि भइसक्छ । टोली मिलाएर आउने गरेको बिजुवार मित्रमणि चोकमा डोकाभरी सुन्तला राखेर बिक्रि गर्न बसेकी हाडहाडेकै पुतला बिसीले बताउनुभयो । उहाँले गाँउमा ठेकेदारले सस्तोमा खरिद गर्ने भएकाले आफै मान्छे लगाएर प्यूठान तिर लिएर सुन्तला विक्रि गर्ने गरेको बताउनुभयो । यस वर्ष तीन पटक विक्रिका लागि आएको बताउँदै उहाँले प्यूठान समाचारसँगको कुराकानीमा भन्नुभयो, ‘१०÷१२ खेप गर्ने सोच छ ।’ उनीहरु प्यूठानको सौतामारेबाट बसमा आउने गर्छन् । हिउ“दमा सुन्तालाको व्यापार गरेर छोराछोरी पढाएको उहाँले बताउनुभयो । उहाँले तीन वर्षदेखि प्रत्येक हिउँदमा सुन्तला बेच्न प्यूठान आउने गरेको बताउनुभयो ।
छिटो बिक्रि हुने, राम्रो भाउ पाउने र ग्राहकले नछानीकनै किन्ने भएकाले प्यूठानमा सुन्तला बिक्रि गर्ने सजिलो हुने गुल्मी बाँसकटेरीका अर्जुन पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुल्मीको सुन्तला भने पछि प्यूठानी ग्राहक मरिहत्ते गर्छन् ।’ प्यूठानको तुसारा, स्वर्गद्वारीको धनबाङ, ओखारकोट, बादीकोट क्षेत्रमा सुन्तला फूल फूल्ने समयमा खडेरी परेकाले धेरै बोटहरु सुकेपछि उत्पादन आधाले घटेकाले तीन वर्षदेखि गुल्मीका सुन्तलाले प्यूठानी बजारमा राम्रो भाउ पाउदै आएको जिल्ला कृषि विकास कर्यालयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग