Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्ति गाएर मात्रै हुँदैनः माओवादी नेता विष्ट

Published on 5:34:00 AM //


प्रेम सुनार
माघ ७, गुल्मी । एकीकृत नेकपा माओवादीका महाधिवेशन आयोजक समिति सदस्य लोकेन्द्र विष्टले क्रान्तिको गित गाएर मात्रै क्रान्ति सम्पन्न नहुने वताएका छन् । ‘६४ वर्षदेखि क्रान्तिको गित त मशाल नेता मोहनविक्रम सिंहले पनि गाउँदै आएका छन्, विष्टले भने, ‘त्यो एमालेले पनि गाउँदै आएको छ । तर गाएर मात्रै क्रान्ति सम्पन्न हुँदैन ।’
मगरात राज्य समिति संयोजक समेत रहेका नेता विष्टले एमाओवादी गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै कार्यकर्तालाई गितमात्रै नभएर व्यवहारमै क्रान्त्रि गर्न सुझाए । ‘हाम्रो पार्टी हारे हामी सबैलाई फाँसी मात्रै दिने छैनन हाम्रा बचेखुचेका हड्डीलाई समेत विपक्षीले फाँसी दिनेछन्, उनले भने, ‘त्यसैले हामीले हार्न हुँदैन, हार्दैनौ पनि ।’ महाधिवेशनले नयाँ क्रान्तिको वाटो रोज्ने भन्दै उनले दिर्घकालिन जनयुद्ध वा विद्रोह रोजिने वताए । शान्ति प्रकृयावाट विद्रोह गर्ने कि दिर्घकालिन जनयुद्ध वाटो रोज्ने काम महाधिवेशनले गर्ने छ उनले भने ।
किरण जी आदर्शको कुरा लेख्ने नेतामात्रै भएकोले उहाँले गर्ने भनेको क्रान्ति दर्शनमा मात्रै सिमित हुने देखेर गएका कतिपय साथीहरु पनि फर्केको उनको भनाई थियो । ‘किरणजीले चितवनको दोस्रो महाधिवेशनमा देशमा ५२ ओटा वाद रहेको लेख्नुभएको थियो, उनले भने, ‘हिड्दा पनि वाद, वोल्दा पनि वाद खाँदा पनि वाद, शौच जाँदा पनि वाद क्रान्ति पनि वादमै सिमित । किरणजीको हालत यहि हो । लेख्नका लागी हो भने किरणजीलाई त स्वर्णपदक दिए हुन्छ । तर क्रान्ति लेखेर हुँदैन् ।’
गाउँमा हतियार उठाएर क्रान्ति सम्पन्न नहुने भन्दै उनले शान्ति र संविधानका लागी माओवादी जिम्मेवार भएर अगाडि वढेको वताए । ‘प्रचण्ड र वावुराम जी शान्ति प्रकृया र संविधानसभावाटै संविधान निर्माणमा लाग्नुभएको छ, उनले भने, ‘आजको आवश्यकता भनेकै त्यही हो । माओवादीले जातीय आधारमा संघियता वनाउन खोज्यो भनेर एमाले कांग्रेसले संविधान वनाउन नदिएको आरोप लगाउँदै उनले भने हामीले जातीय आधारमा संघिय राज्य वनाउन खोजेकै हैनौँ । कहिले भन्यौँ हामीले जातीय आधारमा संविधान वनाउन भनेर उनले प्रतिप्रश्न गर्दै भने, ‘हामीले त पहिचानको आधारमा मात्रै संघीय राज्य वनाउँ भनेका हौँ ।’
आफुहरुको यस्तो प्रस्तावलाई एमाले कांग्रेसले जनतालाई भ्रम छर्दै संविधान वनाउन नदिएको उनको आरोप थियो । सत्ता र सदनको आन्दोलनमा लागेको भन्दै उनले घुमाउरो पारामा सरकार नछाड्ने संकेत गरे । ‘अहिले सडक आन्दोलनमा छैनौँ, उनले भने, ‘सत्ता अर्थात सरकारको आन्दोलनमा छौँ । हामीले चाहेको कि संविधान सभाको चुनावको सुनिश्चितता कि पुनस्थापना यदि त्यो नभए आन्दोलन गर्ने उनले उद्घोष गरे । पुर्व पर्यटनमन्त्री समेत रहेका विष्टले आफ्नो पार्टि जिम्मेवार भएको भन्दै जनता राष्ट्र र अन्तराष्ट्रिय जगतको समेत विश्वास जितेर अगाडि वढेको वताए ।
दुईचार ट्रक हतियार ल्याउन सक्छौँ–पुर्व डेपुटी कमाण्डर कार्यक्रममा अर्का नेता एवंम जनमुक्ति सेनाका पुर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल वलदेवले आफुहरुले चाहे एक महिनामा मै चाहिएजति हतियार ल्याउन सक्ने वताएका छन् । ‘किरणजीहरुले प्रचण्ड वावुरामले जनमुक्ति सेना वुझाए, सरकारलाई हतियार सुम्पेर आत्मसमर्पण गरे भन्नुहुन्छ, उनले भने, ‘हतियार कति ठुलो कुरा हो । आवश्यक परे दुईचार ट्रक हतियार एक महिनामै ल्याउँछौँ, पहिला पनि ल्याएकै हो ।’
सरकारलाई हतियार वुझाउनै पर्दथ्यो समायोजन हुनै पर्दथ्यो, उनले भने, ‘विद्रोहवाट शान्ति प्रकृयामा आएका अन्य मुलुकमा वुझ्दा संसारमै नभएको स्वेच्छिक अवकाश नेपालमा भएको छ । यो राम्रो पक्ष हो ।’ पुर्व डेपुटी कमाण्डरको हैसियतले म त्यस्ता थुप्रै मुलुकको अध्ययन गरेर आएँ, उनले भने स्वेच्कि अवकाश कैतै रहेनछ हामीकहाँ मात्रै भयो । हतियार यतिवेला कन्टेनरमा छन् , उनले भने, ‘ती हतियार म्युजियएममा राखिनुपर्छ ।’
राष्ट्रिय अन्तराष्ट्रिय जगतवाट पाठ सिक्दै क्रान्ति गर्नुपर्ने भन्दै उनले किरणजीहरु जस्तो अराजक भएर क्रान्ति नगर्ने वताए । जनयुद्धको जगवाट जनविद्रोह त्यो त हामीले पनि भन्दै आएका छौ । किरणजीहरुले पनि त्यही भन्दै हुनुहुन्छ । तर त्यो आदर्श मात्रै हो । साँचो क्रान्ति हामी गछौँ उनले भने । उनले माओवादी पार्टि यहाँसम्म आईपुग्नुमा प्रचण्ड वावुराम, किरण, वादल चारै जनाको भुमिका रहेको वताए । उनले पहिचानसहितको संघीयता संघीयतासतिको संविधान संविधानसभावाटै संविधान एमाओवादीको अभियान भन्ने महाधिवेशनको नारालाई पुरा गर्न कार्यकर्तालाई लड्नका लागी तयार रहन उनले निर्देशन दिए । कसरी लड्ने कुनवाटोवाट लड्ने त्यो महाधिवेशनले टुङ्गो लगाउँछ तपाईहरु तयार हुनोस उनले भने ।  कार्यक्रममा अर्का केन्द्रिय सम्मेलन समिति सदस्य दिनेश पन्थी, पुर्व विधायिका उमा विश्वकर्मा, वाईसीएलका केन्द्रिय सदस्य अर्जुन वुढा, अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य सिर्जन तरामु ,अनेरास्ववीय क्रान्तिकारीका केन्द्रीय सदस्य यदु ज्ञवाली, क्रान्तिकारी पत्रकार संघका अवध राज्य समिति सदस्य यानेन्द्र जिसी, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तिलक महत, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मलन समिति सदस्य प्रेम सुनार, शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रिय सदस्य खुमवहादुर थापा, सहिद परिवारका केन्द्रिय सदस्य घनश्याम पराजुली र लगायतउको उपस्थिती थियो । सम्मेलनमा ४ सय भन्दा वढि प्रतिनिधी र पर्यवेक्षक सहभागि छन ।
केन्द्रिय महाधिवेशनका लागी प्रतिनिधिी छनौँट गर्ने र जिल्लालेतहको पार्टी दस्ताबेज तयार पारी सम्मेल भोली सकिने छ । जिल्लाको नेतृत्व भने महाधिबेशनपछि मात्रै चयन गरिने भएको छ । एकिकृत नेकपा माओबादी जिल्ला सम्मेलन आयोजक समिति संयोजक सुदर्शन बरालको अध्यक्षतामा चलि रहेको सम्मेलनमा सदस्य युवराज के.सी.को स्वागत मन्तब्य र बुद्धि जि.सी.को सञ्चालन रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग