Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाषण गर्दागर्दै नेतामाथि गोली प्रहार (भिडियोसहित)

Published on 11:37:00 PM //


काठमाडौं, माघ ७, बुल्गेरियाको विपक्षी पार्टी ‘मुभमेन्ट फर राइट्स एण्ड फ्रिडम’का नेता अहमद डोगन असाधारण हत्या प्रयासबाट बालबाल बचेका छन् ।
राजधानी सोफियामा जारी लोकतन्त्र र अधिकारसम्वन्धी एक सम्मेलनका क्रममा गरामागरम भषण गरिरहेका बेला एक युवक मञ्चमा आए र उनको कन्चटमा पेस्तोल ताके । ती सन्काह युवकले पेस्तोल मात्र ताकेनन्, ट्रिगर दवाए तर पड्एिकन । नेता डोगनले ती युवकलाई झम्टिए र निशाना गलत भएकाले भाग्वयसनेता डोगन बच्न सफल भए ।
उनले दोस्रो फायर गर्नु अगावै सुरक्षा गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइमा लडाइसकेका थिए । नेता डोगन बालबाल बच्न सफल भए ।

प्रतिनिधी बनेर प्रवेश गरेका २५ वर्षीय ती युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए । पक्राउ परेका युवकको साथबाट २ बटा चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ ।
उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले राम्रैसित भकुरे । अन्त्यमा पुलिसले उनलाई रगतपच्छे भएको अबस्थामा नियन्त्रणमा लिएर सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।
भिडियो हेर्नुस्:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग