Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा चासोक वाङनाम उधौली पर्वको रमझम (फोटो फिचर)

Published on 1:53:00 PM //


लालबहादुर ढेंगा
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आ–आफ्नो भेषभूसा, भाषा, कला र संस्कृतिको जर्गेना गर्दै विभिन्न चाड पर्वलाई सामुहिक रुपमा मनाउने प्रचलनमा ल्याएको पाईन्छ । नेपाली कला र संस्कृतिको उत्थान गर्दै विदेशमा चिनाउन पनि यो एउटा राम्रो परम्परा हो ।








गत १८ जनवरी शुक्रबारका दिन किरात याक्थुम चुम्लुङ युएईको आयोजनामा दुबईको इम्पिरियल स्वीट्स होटलमा आफ्नो पूर्खाबाट चलिआएको रितीरिवाज र परम्परालाई कायम राख्दै चासोक वाङनाम उधौली पर्व ३७९२ धुमधामका साथ मनाएका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावासका राजदूत धनञ्जय झा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता किराँत याक्थुम चुम्लुङ युएईका अध्यक्ष पिएस लिम्बुले गर्नुभएको थियो । अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई सरोज लिम्बुले संचालन गर्नुभएको थियो । प्रमुख अतिथि राजदूत झा र अध्यक्ष लिम्बुको हातबाट दीप प्रज्योलन गरि थालनी गरिएको कार्यक्रममा सोही संस्थाका केन्द्रीय सदस्य समदर्शी काईलाको शुभकामना मन्तव्य रहेको थियो । सो अवसरमा मन्तव्य राख्नेहरुमा राजदूत झा, अध्यक्ष लिम्बु र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गिरमान थापा रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रममा पहिलो चरण औपचारिक र दोस्रो चरण सांस्कृतिक कार्यक्रम रहेको थियो ।
सांस्कृतिक कार्यक्रमको सुरुवात लिम्बुहरुको मौलिक च्याब्रुङ नाचबाट गरिएको थियो । नन्दु राईको प्रस्तुति “दर्शन नमस्ते” लगत्तै “छल्कियो पानी कम्बरले घइटामा” भन्ने गीतमा गंगा निरु मगरको नित्यले हलमा रौनक देखियो । त्यस्तैगरी भुवन थापाको “कोलाकारी–कोलाबारी” रिमिक्स गीतमा नित्य र “सानु माया आउनु भो रा, चौवन्दी चोली अनि रातो घाघरा” रेखा घिमिरेको प्रस्तुतिलाई सबैले मन पराए ।
यायोख्या राईहरुको मौलिक साकेला नाचले राईहरुको संस्कृतिलाई झल्काएको थियो भने “आकाशैमा चिल हो कि बेसार” दीप सुव्वाले गाएको गीत, “चोरी भो–चोरी भो” भन्ने गीतमा शिला राना मगरको नित्य, “शिरैमाथि सिरबन्दी” रनु जवेगोको गीत, “तिमी गयौ र यो दिल खाली भो” राज देवनको गीत, “माइती घर–माइती घर” सुजु तामाङको नित्य, “तिम्रो मुस्कान तिम्रो माया” पदम राईको गीत, “हमार गाउंमा हवा चले सरर..” गीतमा बालकुमार चौधरीको थारु नित्य, “आज हाम्रो कुरा भो नजरै नजरमा” खेमराज घिमिरेको गीत, कविता राई र रुमियाङ राईको युगल जोडी नित्य र कृष्ण लिम्बुको अतभूत बलसंगको कर तब निकै सान्दर्भिक लाग्दथ्यो । नेपालबाट आएका अतिथि गायक कलाकार कुशल थलङको आफ्नै एल्बमको “सिंदुर भर्नु एउटा कुरा माया गर्नु एउटा कुरा”, “ऋतु राम्रो बसन्तले” र “मोरी लानु क छ र बाचुनजेल गरौ रमाइलो” गीतले हललाई तताएको थियो भने गंगा मिथुन मगर (तक्मे बुढा) को हांस्य प्रस्तुतिले पेट मिची चिची हसाउनमा सफल भएका थिए ।
लामो समयबाट संस्थालाई तेवा पु¥याएको भन्दै खेम मान्देल, मनिष नाल्वो र कृष्ण भ्याङवोलाई प्रशंसापत्र दिएको थियो भने संस्थामा आजीवन सदस्य भएका व्यक्तिहरुलाई आजीवन सदस्यपत्र समेत वितरण गरिएको थियो । त्यस्तैगरी अतिथि कलाकार कुशल थलङ र गंगा मिथुन मगर (टक्मे बुढा) लाई किरात याक्थुम चुम्लुङ युएईका अध्यक्ष पिएस लिम्बु, यायोख्या राई समाज युएईका अध्यक्ष उमेश राई र नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापाले दोसल्ला ओढाई प्रशंसापत्र दिएर सम्मान गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग