Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डाक्टर शाहले ताने सरकारी अस्पतालमा विरामी

Published on 6:28:00 PM //


प्रेम सुनार
माघ ४, गुल्मी । कुनै समय सरकारी अस्पताल भनेपछि केहि उपाय नभएका विपन्नहरुको मात्रै हो भन्ने सोच राखिन्थ्यो र विरामीको भिड निजी क्लीनिकमा हुने गर्दथ्यो । तर अहिले त्यो सोच बदलि दिएका छन् तम्घास अस्पतालका डाक्टर काशिम शाहले । अहिले उनीसंग स्वास्थ्य सेवा लिने विरामीको संख्या बढेको छ । ‘गत एक वर्षमै ५८ हजार जना विरामीले सरकारी अस्पताल तम्घासबाट सेवा लिनु सरकारी अस्पतालका लागि उल्लेखनिय प्रगति हो भन्ने लाग्छ" डाक्टर शाहले भने, "५८ हजार जना मध्ये महिलाका संख्या बढी छ ।’ ‘हिजो गरिव मात्रै आउँथे’ शाहले थपे, ‘अहिले उच्च घरानियाका महिला समेतको भिड छ ।’ निक साईमन ईन्सीच्युट नामक गैह्र सरकारी संस्थाको सहयोगमा गत ४ वर्षदेखि तम्घास अस्पतालमा सञ्चालित प्रशुती सेवामा कार्यरत डाक्टर शाहले २८ महिनाको कार्यकालमा २ सय भन्दा बढी महिलाको सफल शल्यकृया गरी सकेका छन् ।
‘पहिला डाक्टर तिलक हुनुहुन्थ्यो डाक्टर शाहले भने ‘उहाँको पालमा ४३ जना महिलाको शल्यकृया भएको थियो मेरो २८ महिने कार्यकालमा कुल २ सय ४० जना महिलाको सफल अप्रेशन गरिएको छ ।’ एउटा जिल्ला अस्पतालमा यो संख्या निकै बढी हो’ शाहले भने ‘अव यो सख्या बृद्धि गर्ने मात्र होईन उपचार सेवाको अझ गुणस्तर बढाउनु पर्ने सोचका साथ काम गरिरहेको छु । ’
प्यठानको एउटा गरिव परिवारमा जन्मीए्का शाह २०४७ सालको एसएलसी परिक्षामा जिल्ला प्रथम भए । ‘घरमा गरिवी थियो जिल्ला प्रथम भएर के गर्ने ? उच्च शिक्षा पढने थोको उधुरै हुने हो की भन्ने चिन्तामा थिएँ’ शाहले भने ‘तर लकले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा हेल्थ असिस्टेनमा छात्रवृत्ति पाएँ । ’
त्यसपछि सन २००४ मा महराजगंज मै एमबिबिएसको छात्रबृत्ति पाएर पढेका शाहले २०१० मा फेमेली मेडिशियनमा स्नाकोत्तर गरेका छन् । यस्तो विशेषज्ञ तम्घास अस्पतालमा हुँदा हुँदै पनि निजी क्लनिकहरुले यस्तो, उस्तो विशेषज्ञ बुटवल काठमाण्डौबाट आउने भन्दै रेडियोमा प्रचार गराएर विरामी तान्ने गरिरहेकोलाई डाक्टर शाह भ्रमको खेती भन्छन् । त्यस्तो प्रवृत्तिलाई उनले फ्लाईङ डाक्टरको सज्ञा दिन्छन् । विज्ञापनका पछाडी लाग्न हुन्न भन्ने कुरामा जनता स्यम पनि सचेत हुनु पर्ने सुझाव छ उनको । ‘मिडियाले पनि बढाई चढाई गरेर भ्रम छर्नुु हुन्न’शाहले भने यसबाट जनता ठगिन्छन ।’ ‘ खै हामीले बिज्ञापन नै गर्न परेन उनले भने हामीलाई सरकारी अस्पतालमा सास फेर्ने फुर्सत नै छैन दिन प्रतिदिन विरामीको संख्या बढ्दो छ।’
डाक्टर शाहले एमविविएस गर्दा देशको छात्रबृत्तिमा ४० जना डाक्टर बनेका थिए तर ति मध्ये धेरै जसो अहिले अमेरिका छन त केहि युके छन् स्वदेशमा जम्मा अहिले ७ जना मात्रै डाक्टर छौ उनले भने देशले उत्पादन गरेको दक्ष जन शक्तिले आफनो दायित्व बुझन नसकेर यसरी बिदेश पलायन हुनु दुखको कुरा हो ।’स्वदेश मै रहनेहरु पनि ग्रामिण क्षेत्र नकार्दै शहर केन्द्रित हुनुलाई पनि डाक्टर शाह दुर्भाग्य भन्छन् ।
जति ग्रामिण भेगमा बस्यो उति निपुर्ण भईदो रहेछ उनले भने म विभिन्न थुप्रै ग्रामिण क्षेत्रमा बसे र अब पनि ग्रामिण क्षेत्र कै जनताको सेव गर्ने उद्देस्य रहेको छ । हाल दाङ्गको लालमटिया ३ भालुबाङ्ग निबासी शाह बिरामीबाट पाएको मायाँले गुल्मी छाड्न चाहन्न तर निक साईमनको तर्फबाट उनको कार्यकाल भदौ सम्म मात्रै छ त्यसपछि निश्चीत छैन उनले भने । तम्घास अस्पताल पुगेपछि हरेक महिलाको पहिलो सोधाई हुन्छ आज काशिम डक्साव हुनुहुन्छ की हुनु हुन्न ? महिला विरामीबाट यस्तो विश्वसनियता आर्जन गरेका डाक्टर शाह अहिले सम्म जिल्लामा आउने डाक्टरहरु मध्ये बढी चर्चा पाउने डाक्टर बनेका छन् । त उनै सफल महिला रोग बिशेषज्ञ डाक्टर शाहसंग सहकर्मी प्रेम सुनारले गरेको छोटो कुराकानी प्रस्तुत गर्दै छौ

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग