Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल शिक्षक सघंमा पुन भण्डारी निर्वाचित

Published on 3:27:00 AM //


प्रेम सुनार
नेपाल शिक्षक संघ गुल्मीको सनिवारदेखि शुरु भएको सातौं जिल्ला अधिवेशनमा
सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि चुनावी प्रक्रियाका लागि मतदान
गर्न सहभागि भएका शिक्षक प्रतिनिधिहरु । तस्विर ः जनार्दन घिमिरे
गुल्मी, २३ पौष । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीको सातौ जिल्ला अधिबेशन पुन भण्डारीलाईनै अध्यक्ष पदमा निर्वाचित गर्दै आज सम्पन्न भएको छ । चुनावी मैदानमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेकोमा संघका निवर्तमान अध्यक्ष प्रेम नारायण भण्डारी ६ सय ८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्द्धी शालिकराम थापाले १ सय ६० मत त्यस्तै देविराम भुसालले ९८ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षका लागि ९ जना, उम्मेदवारी परेकोमा गणेश ब अधिकारी २ सय ३४ मतका साथ बिजयी हुनुभएको छ ।
महिला उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेकोमा सिता थापा ४ सय ४ मतका साथ बिजयी हुनुभएको छ । सचिव पदका लागि २ जना उम्मेदवारी परेकोमा आफ्ना प्रतिद्धन्द्धी थम्मन केसीलाइ हराउदै हिरासिहँ साराङकोटी ४ सय ४१ मतका साथ बिजयी हुनुभएको छ ।सहसचिवमा खिम ब थापा ३ सय ३ मत, महिला सचिवमा हिमकला राना निर्वीरोध चयन हुनुभएको छ भने त्यस्तै केन्द्रीय पुरुष प्रतिनिधी ३ जनाका लागि १२ जनाको प्रतिस्पर्धामा खिम ब महत, ४सय ५, बाबुराम मरासिनी ३सय ७९ जनकलाल कडेल २सय ६९ मतका साथ बिजयी हुनुभएको छ भने केन्द्रीय महिला प्रतिनिधीमा २ जनाको प्रतिस्पधार्मा धना भण्डारी ७ सय ७२ र कमला भण्डारी ४ सय १० मतका साथ बिजयी हुनभएको छ ।
सर्वसम्मतका लागि ठुृलो प्रयास भएता पनि सहमति हुन नसक्दा चुनावी प्रकृयामा गएको थियो । शनिवारदेखि शुरु भएको नेपाल शिक्षक संघ गुल्मीको सातौँ जिल्ला सम्मेलन आज सम्पन्न भएको हो । साथै नवनिर्वाति अध्यक्ष भण्डारीले आफले शिक्षकहरुको हकहितका लागी सधै लागी पर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग