Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहरा युवा क्लब दुविचौरद्वारा वृद्धहरु सम्मानित

Published on 10:18:00 PM //


प्रेम सुनार
पौष २८, गुल्मी । विभिन्न सामजिक कार्यमा लामो समयदेखि कृयाशिल सहरा युवा कल्व दुविचौर गुल्मी आज एक समारोहका विच सो गाविसका बृद्ध बृद्धाहरुलाई सम्मान गरेको छ । क्लबले दुविचौरको एक विद्यालयमा आयोजना गरेको सम्मान कार्यक्रममा ६० वर्ष उमेर पुगेका ४० जना बृद्ध बृद्धलाई दोसाल्ला ओढाएर सम्मान गरेको हो । क्लबका पदाधिकारी र कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर घर्तिले बृद्धहरुलाई दोसाल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रमा दुविचौर गाविस सचिव श्यामलाल पाण्डेय, एकिकृत नेकपा माओबादीका जिल्ला सम्मेलन समिति सदस्य एवं क्लबका सल्लाहकार गिरी सिंह महाकिम, नेपाली कांग्रेस दुविचौर सभापति गुनबहादुर श्रीस, घोर्ले माध्यामिक विद्यालय दुविचौरका सहायक प्रधनध्यापक सोमान सिंह श्रीस, पुर्व गाविस अध्यक्ष गणेश तण्डामी, वडा नागरिक मञ्चका संयोजक हुमबहादुर बस्नेत लगाएतको आतिथ्यता थियो ।
सहरा युवा क्लब दुविचौरका अध्यक्ष मोहन पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामबहादुर बस्नेतको संचालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग