Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोट परमानन्द क्याम्पसको जग्गा विवाद चुलियो

Published on 10:25:00 PM //


प्रेम सुनार
पौष २८, गुल्मी । गुल्मीको बस्तु गाविसमा रहेको धुर्कोट बहुमुखी क्याम्पसको जग्गा विवाद चरम चुलीमा पुगेको छ । एक पक्षले क्याम्पसको भवन बस्तु ७ मा राख्ने अडान लिएको छ भने अर्को पक्षले वडा नम्वर ४ मा राख्ने निर्णय गराएको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको समुहले पुस २५ गते बैठक बसी क्यापसको जग्गा वडा नम्वर ४ मा मिलाउने निर्णय गरेको छ भने संचालक समितिकै सदस्य युवाराज भण्डारी, प्रेम नारायण भण्डारी लगायतको समुहले वडा नम्वर ७ मै राख्नु पर्ने अडान लिँदै आएका छन् ।
‘२५ गतेका दिन म आफु, प्रेम भण्डारी र रुद्रमणी शर्मा भण्डारीलाई वडा नम्वर एकदेखि ४ सम्मका मानिसहरु उठाएर दवाव मुलकढंगबाट वडा नम्वर ४ मा क्याम्पसको भवन बनाउने निर्णय गर्न लागाईयो’ युवराज भण्डारीले भने ‘अघिल्लो दिनको उपस्थितीलाई दुरुपयोग गरी अध्यक्ष कृष्ण भण्डारी लगायतले दोश्रो दिन वडा नम्वर ४ मै क्याम्पसको भवन बनाउने एकलौटी निर्णय गराउन भएको छ जुन हामीलाई स्वीकार्य छैन् ।’
क्याम्पस निर्माणका लागि सुरुमै वडा नम्वर ७ मा झविन्द्र भण्डारीले साढे ४ रोपनी जग्गा दान गर्नु भएको र सोही जग्गाको लालपुर्जा पेश गरी बिश्व बिद्यालय अनुदान कोषबाट २५ लाख रकम समेत परेकोले सोही स्थानमा क्याम्पसको भवन बनाउनु पर्ने अडान युवराज भण्डारी समुहको छ । वडा नम्वर ७ मा क्याम्पस बने स्थानिय कृष्ण भण्डारीले ८ रोपनी जग्गादान गर्न लागेको, ताराप्रसाद भण्डारीले डेढ रोपनी, रामप्रसाद भण्डारी, ईस्वरी भण्डारी, पलम भण्डारी, बासु भण्डारी लगायतले बिस रोपनी भन्दा बढी जग्गादान गर्न तयार भएको बेला थोरै जग्गा भएको बाहना पारी अध्यक्ष भण्डारीले वडा नम्वर ४ मा राख्ने निर्यय गराउनुले आफुहरु असहमत भएको युवराज समुहको भनाई छ ।
‘क्याम्पस ७ मै हुनु पर्छ’ युवराजले भने ‘उहाँहरुले गरेको निर्णय सर्वसम्मत होईन, यदि ४ मै राखियो भने हामी संघर्ष गर्छौ ।’ उनका अनुसार वडा नम्वर ७ मा क्याम्पस बनाउँदा धुर्कोट रजस्थल र जैसीथोक सम्मका विध्यार्थीलाई पायक पर्दछ र मोटरबाटो, खेल मैदान लगायतको बातवरण बन्छ । उता अध्यक्ष कृष्णप्रसाद भण्डारीले भने संचालक समितिका ११ जनाकै सर्व सम्मत निर्णय गरिएको दावी गरे । ‘उहाँहरुको सहि हेर्नुहोस’ भण्डारीले भने ‘सर्वसम्मत निर्णय भएको छ ।’ वडा नम्वर ७ मा ठाउँ थोरै छ , सुरुमा त्यहीको जग्गा पुर्जा पेश गरेर रकम निकासी गरिए पनि त्यो जग्गा थोरै हुनृ देखेर त्यो निर्णय गरिएको हो’ । भण्डारीले थपे ‘उहाँहरु अहिले असहमत छौ भन्दा दुख लागेको छ बसेर फेरी छलफल गर्दछौ ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग