Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालगंजवाट टेक्नीकल पढ्न तम्घास (फोटो फिचर सहित)

Published on 2:27:00 PM //


प्रेम सुनार
गुल्मी, फागुन २६ । कुनै समय थियो गुल्मीको दुरदराज गाउँवाट अनमी तथा सिएमए पढ्न यहाँका युवायुवती सुदुरपश्चिमाञ्चलको नेपालगंज पुग्ने तर अहिले त्यो क्रम ठ्याक्कै उल्टिएको छ । नेपालगंजको टेक्नीकल शिक्षालय छाडेर कोहलपुरकी सिता मल्ल तम्घास प्राविधिक शिक्षालयमा अनमी पढ्न अएकी छन् । नेपालगञ्जमा भन्दा यहाँको शिक्षा गुणस्तरीय र सस्तो पनि भएकाले यहाँ आएको उनी वताउँछिन् ।
‘म भन्दा पहिला पढेका मेरा गाउँका दिदिहरुले यहाँका निकै चर्चा गर्नुहुन्थ्यो, उनले भनिन, ‘दिदिहरुकै भनाई सुनेर म यहाँ आईकी हुँ, साँच्चीकै रैछ ।’ उनीमात्रै होईन सुर्खेतकी विष्णु थापा, दाङ्की विपना चन्द, अछामकी जानकी शाही, सल्यानका महेन्द्र सुनार लगायत दुई दर्जन वढि विद्यार्थी नजिकको शिक्षालय नेपालगञ्ज पढ्न छाडेर गुल्मीको तम्घास टेक्नीकल शिक्षालयमा सिएमए र अनमी पढ्न आएका छन् । आर्थिक अवस्था कमजोर भएकाले स्वास्थ्य क्षेत्रमा जागीर खाने मन भएपनि पढ्न नपाउने चिन्ता भएका उनीहरुलाई यो शिक्षालय वरदान सावित भएको छ ।
शनिवार सो शिक्षालयको १७ औं वार्षिक उत्सव तथा शिरपोष कार्यक्रमको अवसरमा गुल्मीन्युज डट कमसँग कुराकानी गर्दै अधिकांश युवतीहरु त्यो पेशाप्रति बढी नै आकर्षित भएको वताए । पाल्पा भुवनपोखरीकी सुनीता बस्याल एजुकेशन फ्याकल्टिको मेजर ईंङ्गलिस विषय लिएर पढेकी स्नातक विद्यार्थी हुन् । तर उनले छिट्टै रोजगार वा स्वरोजगार भईने देखेर अनमी पढ्न आएको बताईन् । अन्य जिल्लाको तुलनामा गुल्मीको तम्घास टेक्नीकल शिक्षालयमा पढाईको गुणस्तरीयता र सस्तो सुलभ भएकाले यहाँ आएको उनले वताईन ।
उता बाग्लुङ्ग दगातुमडाँडाकी टिका थापा पनि छिट्टै रोजगारी भईने र समाज सेवाको क्षेत्रमा केहि गर्न सकिने भएकोले अन्य विषय छाडेर स्वास्थ्यकर्मी बन्ने रुची भएको बताउँछिन् । ‘२०५२ सालमा स्थापना भएको तम्घास टेक्नीकल शिक्षालय २०५६-५७ सम्म आई पुग्दा विद्यार्थी नपाएर कसरी चलाउने भन्ने अवस्थामा थियौ’ व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर थापाले भने, ‘आज यो स्थानमा आईएला भनेर सोचेकै थिएनौं ।’
१२ वर्षसम्म त्यस शिक्षालयसंग जोडिएर काम गरेका रेसुङ्गा बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रोमकान्त पौड्यालले पश्चिम क्षेत्रका निम्न मध्यम स्तरिय जनशक्ति उत्पादनमा तम्घास टेक्नीकल शिक्षालय नुमुना भएको जिकीर गरे । उनले भने ‘स्वास्थ्य जनशक्ति उत्पादन जटिल बन्दै गईरहेको अवस्थामा गुल्मी जस्तो दुर्गम जिल्लामा यसरी अन्य जिल्लाका विद्यार्थीको समेत आकर्षण बढ्नु सामुदायिक क्षेत्रमा पहलक दमीको यो नुमुना हो ।’ त्यस्तै सो शिक्षालयसंग सहकार्य गर्दै आईरहेको रिडर्स पव्लिक हाईस्कुल तम्घासका प्रिन्सीपल श्रीप्रसाद भलामीले त्यस शिक्षालयबाट उत्पादित विद्यार्थी लोकसेवाको परिक्षामा समेत उत्तिर्ण भएर सरकारी सेवामा प्रवेश गरेको बताए । उनले भने ‘गुणस्तरिय पढाई छ शिक्षालयले आफ्नो कर्तब्य निभएर दक्ष जनशक्ति उत्पादन गरेर लोक सेवा आयोगको परिक्षामा समेत उतिर्ण गराएको छ । रेसुङ्गा हस्पीटल एण्ड रिर्शर्च सेन्टरका कार्यकारी निर्देशक महेश कुमार श्रेष्ठले तम्घस टेक्नीकल शिक्षालयलाई लुम्वीनी अञ्चलकै नमुना शिक्षालय भएको बताए । ’
शिरपोष समारोहमा जिल्ला अस्पताल तम्घासको मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुरेश नेपालले यस वर्ष त्यस शिक्षालयबाट अनमी ४० जना र सिएमए ४० जना गरी ८० जनालाई स्वास्थ्यकर्मीको पोशाक अर्थात शिरपोष प्रदान गरी सपथ समेत खुवाएका थिए । प्रमुख अतिथी रहेका डाक्टर नेपालले स्वास्थ्यकर्मीको कर्तब्य र अनुशासनमा कटीबद्ध रहन प्रशिक्षार्थीहरुलाई निदेंशित गरेका थिए । कार्यक्रममा वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै शिक्षालयका प्रिन्सीपल कृष्णप्रसाद भण्डारीले यस वर्ष ८० जना विध्यार्थी परिक्षको अन्तीम नतिजा कुरेर बसेको बताए । ४० जना सिएमए मध्ये १९ जना उतिर्ण र ४० जना अनमी मध्ये ३७ जना उतिर्ण भएको उनले जानकारी गराए ।
शिक्षालयले हाल सम्म ८ सय ५१ जना स्वास्थ्यकर्मी उत्पादन गरी कोही स्वरोजगार बनेको त कोही सरकारी र निजी क्षेत्रमा रोजगार पाएका छन् यसैमा हामी गौरवान्वित छौ, प्रिन्सीपल भण्डारीले भने । उनका अनुसार सिएमए र अनमी पढ्ने युवतीको संख्या बढी छ । उनि भन्छन् ‘हालसम्म उत्तिर्ण कुल विद्यार्थी संख्याको ९० प्रतिशत युवती छन् ।’ उनका अनुसार त्यस शिक्षालयमा प्रशिक्षक सहित १४ जना कर्मचारी छन् । नेपाल स्वास्थ्य ब्यवसायिक परिषदको अनुगमन टोलीले पनि शिक्षालयको शिक्षा गुणस्तरीय रहको मुल्याङ्कन गरेको छ ।
शिरपोष समारोहमा सिएमएतर्फ ८५ प्रतिशत अंक लिएर प्रथम हुने ममता श्रेष्ठ, अनीमीतर्फ ८५.२८ अंक लिएर प्रथम हुने मनिषा पाण्डे, ति दुई कक्षमा क्रमश दृतिय हुने नविन पुन, निसा महत, तृतिय हुने राधिका खनाल र गिता रोकालाई पुरस्कार प्रदान गरीएको थियो । त्यस्तै अतिरिक्त कृयाकलापमा क्रमश प्रथम, दृतिय र तृतिय हुने नविना पुन, राधिका खवास, निर्मला थापा विजय थापा, विनोद घर्ति बैकुण्ठ अर्याल, ममता श्रेष्ठ, ईन्दीरा पन्थी र होमबहादुर नेपालीलाई पनि पुरष्कृत गरिएको थियो ।
शिरपोष समारोहलाई सदा झैँ मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरुले गजल, गित, नृत्य आदी प्रस्तुत गरेका थिए । कार्यक्रममा काण्माण्डौमा कार्यरत डाक्टर विनिता थापा, डाक्टर राजभक्त महार्जन, डाक्टर गोकुल अधिकारी, तम्घास अस्पतालका डाक्टर काशिम शाह, सोही अस्पतालकी सिफ्ट ईन्चार्ज सिनियर नर्स शारदा पाण्डे, जिल्ला स्वास्थ्य कार्यलयका रमेश पन्थी, अर्का स्वास्थ्यकर्मी दिपक राना लगाएतको आतिथ्यता थियो ।
तम्घास टेक्नीकल शिक्षालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रिन्सीपल पार्वता थापाको स्वागत मन्तब्य र प्रशिक्षक झपेन्द्र घिमिरेको सञ्चालन रहेको थियो ।
शिरपोष समारोहका फोटो फिचर:





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग