Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा करेसावारी निर्माण अभियान शुरु

Published on 6:09:00 PM //


बिशाल भट्टराई,
गुल्मी, फागुन १७ । करेसावारी निर्माण गरेर किसानहरुलाई आत्मनिर्भर वनाउने उद्देश्यले गुल्मीमा करेसावारी निर्माण अभियान शुरु भएको छ । आफ्नै घर वरपर खाली रहेको जग्गालाई सदुपयोग गरी करेसा वारी निर्माण मार्फत तरकारीमा किसानहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले अभियान शुरु गरिएको हो । ‘स्वस्थ, सफा, हराभरा घरापरिवार, समृद्ध राष्ट्र निर्माणको आधार, घरघरमा करेसावारी सभ्य सम्पन्न नागरिक जीवनको आधार’ भन्ने नारासहित अभियान आजदेखि प्रारम्भ भएको छ ।
पहिलो चरणमा किसानहरुलाई करेसावारी निर्माण तथा यसको आवश्यकता र महत्व सम्वन्धि प्रशिक्षण दिईने छ । सामाजिक विकास संस्थाको पहलमा जिल्ला विकास समिति तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा अभियान शुरु गरिएको समाजिक विकास संस्थाका संस्थापक अध्यक्ष दामोदर भुसालले जानकारी दिनुभयो । करेसावारी निर्माणले प्रत्येक घरधुरीलाई आत्मनिर्भर वन्न सहयोग पुग्ने वताउँदै भुसालले यो अभियानमा सवै सकृय हुन आग्रह गर्नुभएको छ । अभियानको पहिलो चरणमा आजदेखि हस्तिचौर गाविसमा करेसावारी निर्माणसम्वन्धि दुईदिने तालिम शुरु भएको छ । हस्तिचौर गाविस भित्रका ३० जना कृषकको सहभागिता रहेको तालिममा करेसावारीको आवश्यकता, महत्व तथा निर्माणसम्वन्धि प्रयोगात्मक ज्ञान दिईने छ । तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक डोमलाल भुसाल, हरि आचार्य र दसरथ पाण्डेयले गर्नुभएको छ ।
तालिमको नेपाली कांग्रेसका युवा नेता दामोदर भुसालले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन कार्यक्रममा जगत खत्री, नारायण कुँवर, शेरवहादुर कुँवर, रामप्रसाद पाण्डेय, हिमालय उच्च माविका अध्यक्ष वैकुण्ठ कुँवरले मन्तव्य व्य क्त गर्दै करेसावरी निर्माणले देशको कृषि क्षेत्रको उत्पादनमा पनि महत्वपुर्ण योगदान पुग्ने वताउनुभएको छ । गाविस सचिव नरवहादुर अर्यालको अध्यक्षता तथा लोकनाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम सामाजिक विकास संस्था नेपाल गुल्मीको आयोजना, जिविस र हस्तिचौरको सहकार्यमा सञ्चालन भएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग