Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासका महिलाहरुले फलफुल बितरण गरेर मनाए नारी दिवस

Published on 8:26:00 PM //


प्रेम सुनार
फाल्गुन २५, गुल्मी । सदरमुकाम तम्घासका अगुवा महिलाहरु बाल मन्दिरमा जम्मा भएर भाषण गरेर मनाउने हरेक वर्षको नारी दिवसमा यसपाली भने स्थानिय मजदुर महिलाहरुलाई फलफुल बितरण गरेर मनाएका छन । अनेम संघ क्रान्तीकारीकी केन्द्रिय सदस्य सिर्जना तरामु, ईन्सेक गुल्मीका संयोजक नरेश भण्डारी, अर्को मानव अधिकारबादी संस्था काउ राष्ट्रका अध्यक्ष पदम पाण्डे र दलित महिलासंघकी अध्यक्ष कमला वरालले मजदुरी गर्ने महिलाहरु कहाँ पुगेर फलफुल वितरण गरी यस्तो प्रयास गरेका हुन् ।
सदरमुकाम तम्घासका विभिन्न स्थानमा मजदुरी गरिरहेका महिलाहरुलाई उनिहरुले फलफुल वितरण गर्दा र उनिहरुको अवस्था बुझ्दा नारी दिवसको बेग्लै अनुभुति गर्न सकिन्थ्यो । मजदुर महिलाहरु मध्ये कतिपयका श्रीमान कारागार भित्र उनिहरुले गिटी कुटेर बालबच्चा पढाउँदाको समस्या दर्शाउदा जो कोहीको मुटु भक्कानिन्थ्यो ।
नारी दिवस भनेको के हो थाह छैन भन्ने उनिहरुलाई त्यस्तो कार्यक्रममा कसैले नबोलाउने र जागिरे एवं सक्दो पुग्दो भएका र काँधमा साडी फाल्नेहरुको मात्र त्यो नारी दिवस होला भनेर जिस्कीदै थिए । आगमी नारी दिवसहरुमा औपचारीक कार्यक्रम भन्दा यस्तै मजदुर महिलाकहाँ पुग्न सके नारी दिवसको सार्थकता हुन्थ्यो की ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग