Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति आए गए, उनलाई स्वागत गर्ने ज्ञवाली अस्पतालको शैयामै रहे

Published on 2:43:00 PM //


प्रेम सुनार
फाल्गुन २९ , गुल्मी । रिडीको माघे सक्रान्ती मेलामा राष्ट्रपति रामवरण यादव आउन भयो जानु भयो । देश ब्यापी समाचार पनि बन्यो तर एउटा महत्वपुर्णु समचार लुक्यो । त्यो थियो राष्ट्रपतिको स्वागतमा सक्रिय भएको र त्यसपछि आफ्नो कला प्रस्तुत गर्ने क्रममा गम्भीर घाईते भएका वलेटक्सार गाविस वडा नम्वर ४ निवासी २१ वर्षिय युवा जो यतिबेला अस्पतालको शैयामा छटपटाएको छन् उनको समाचार लुकेको हो ।
आई टि एफ तेकन्दोका राष्ट्रिय सहयाक प्रशिक्षक रहेका भिमले राष्ट्रपति यादव आउँदा आफ्ना खेलाडी टोली सहित स्वागत कार्यक्रममा जुटेका थिए । त्यसै मेलाको चौथो दिन उनले मर्करी नाच अर्थात खुट्टामा पेट्रोल झर्केर आगो लगाई नाच प्रदर्शन गर्ने क्रममा दुबै खुट्टा जलेका थिए ।
उनलाई तत्काल रुरु फ्रेन्डस क्लवले पाल्पा मिशन अस्पतालमा पुराएको थियो । त्यहाँ करिव डेढ महिना उपचार पश्चात थप उपचारका लागि उनलाई सुष्मा कोईराला मेमोरियल अस्पताल काठमाण्डौ रिफर गरिएको छ । घरमा आर्थिक अवस्था कमजोर रहेका ज्ञवालीले मिशन अस्पतालमै करिव डेढ लाख खचिएका छन् । ‘अव कुनै उपाए छैन ज्ञवालीले ’भने ‘कतैबाट सहयोग नपाए अपाङ्ग जिवन ज्युँनु सिवाय ।’ बाबु एकदेव ज्ञवाली भारतमा सामन्य रोजगारी गर्दछन् । उनकी आमा गत ५ वर्षदेखि मुटुको रक्त नली बदलेर उपचार गर्नुपर्ने भएपछि ठुलो आर्थिक संकटमा त थिए नै त्यस माथी भिमको त्यो अवस्थाले परिवारजन ठुलो मानसिक तनावमा रहेको छ । उनको उपचारमा सहयोग गरिरहेका काकाका छोरा यदु ज्ञवाली भन्छन् माघे सक्रान्तिी मेला आयोजक समिति स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली र प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल रहेकोले उहाँहरुको पहलमा यहाँ सम्म उपचार भएको छ तर अगामी उपचार खर्चमा उहाँहरुको पहल नपुग्ने होकी भन्ने चिन्ता छ ।
स्थानिय विकास अधिकारी ज्ञवालीले पाल्पा सम्मको पुरै उपचार खर्च आफुहरुले नै बेहोरेको बताए ।‘ काठमाण्डौ पनि नि:शुल्क उपचारको ब्यबस्था मिलाईएको छ’ उनले भने ‘कुरुवा लगाएत अन्य खर्च काठमाण्डौको हकमा हाम्रो पहुँच भन्दा अलि बाहिरको हुने हो की भन्ने लागेको छ । ’ ‘तै पनि प्रयास जारी छ र छलफल गरिने छ ’ज्ञवालीले भने ‘उक्त खेल प्रदर्शन आयोजक समिति रिडीको फ्रेण्डस क्लवले पनि सहयोग गरेको छ थप १५ हजार रुपौयाँ पठाउने भएको छ उसले ।’ क्लवका अध्यक्ष हिमाल श्रेष्ठले पनि क्लवको वल बुताले भ्याए जतिको सहयोग गरेको बताए । आमा छोरा नै एकै साथ खर्चिलो उपचारमा परेका र आर्थिक अवस्था पनि निकै कम्जोर भएकोले सहयोगका लागि राष्ट्रपति ज्युँकहाँ पुग्ने हो की भन्ने सोचमा रहेको अर्का प्रशिक्षक नवराज खरेलले बताए । ‘खेलाडीहरुले भिभिआईपि आएको बेला खेलहरु प्रदर्शन गर्दै आएका छन’ उनले भने ‘त्यस क्रममा हुने दुर्घटनमा संवन्धीत निकायले सहयोग गरेन भने कसरी आगामी दिनमा भाग लिने ? ’खेलाडी भिम ज्ञवालीले त्यो नाच यस पुर्व ११ औं पटक प्रदर्शन गरेको र १२ पटक प्रदर्शन गर्ने क्रममा त्यसरी घाईते भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग