Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा एक नेपालीले हात पारे एक लाख दिराम

Published on 2:29:00 PM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले मेहनतसंग कमाएर रेमिटान्सद्धारा पठाएको पैसाले देशको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएका छन् । युएईमा लगभग २ लाख २० हजारको हाराहारिमा नेपाली कामदारहरु कार्यरत रहेको छ भने दिनाहुं अझै भित्रिने क्रम पनि जारी नै रहेको छ । मेहनतले कमाएको पैसालाई एक्सचेन्जबाट सुरक्षितसंग घर पठाउदा कतिपयलाई भाग्यले लखपतिसम्म बनाएको छ । विगत एक बर्षदेखि दुबईमा कार्यरत दैलेख निवासी रामबहादुर कटुवालले भाग्य चिठ्ठामा प्रथम पुरस्कारको रुपमा एक लाख युएई दिराम हात पारेको छ । सो पुरस्कार अहालिया एक्सचेन्जद्धारा पांच सय दिराम आफ्नो घर पठाउदा खेरि पिक एण्ड विइन प्रमोशन अन्तर्गत पाएका हुन् ।

उक्त पुरस्कार गत १० मार्चका दिन दुबईमा अहालिया एक्सचेन्जका जेनेरल मैनेजर भिएस थाम्पी, हरिकिशन अम्बानी, नेपाल कोर्डिनेटर बेनी ढकाल र अन्य अधिकारीहरुले संयुक्त रुपमा प्रदान गरेको थियो । पुरस्कृत कटुवाल पुरस्कारको रुपमा ठूलो रकम पाएकोमा ज्यादै खुशीमा देखिन्छन् ।
त्यस्तैगरी पिक एण्ड विइन प्रमोशन अन्तर्गत अहालिया एक्सचेन्जबाट पैसा पठाउदा दुबईको अलकुजस्थित कार्यरत पाल्पा निवासी दुर्गाबहादुर सारुले ७ औं पुरस्कारको रुपमा दश हजार दिराम प्राप्त गर्नमा सफल भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग