Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाजको सहयोग आशालाई

Published on 9:56:00 PM //

संगिता कुवँर
गुल्मी, चैत्र ११ । जिल्लामा अपाङ्गताको क्षेत्रमा महत्वपुर्ण कार्य गरी आफनो पहिचान स्थापित गर्न सफल वनेको गुल्मीको आशा अपाङ्ग केन्दलाई गुल्मी सेवा समाज दोहा कतारले एक कार्यक्रमका विच आर्थिक सहयोग प्रदान गरेको छ ।
अपाङ्गता भएकाहरुको क्षेत्रमा थप प्रभावकारी कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्धेष्यले समाजको तर्फवाट समाजका पुर्व अध्यक्ष दोर्णबहादुर बस्नेतले केन्द्रलाई २ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै बस्नेतले देशको बेरोजगारी र गरीबिका कारण बिदेशिएका नेपालीले अपाङ्गताको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि जिल्लाको बिकास र परिर्वतनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । साथै उहाँले देशको राजनीति अस्थिरताप्रति जनता दुखी भएको र लाखौ युवा शक्ति बिदेशीएकाले त्यसलाई पनि मध्यनजर गर्दै उनीहरुको लागि सरकारले देशमै रोजगारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समाजका अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष गंगा रायमाझिलाई संयुक्त रुपमा सहयोग रकमको चेक हस्तान्तरण गर्दै
समाजका पुर्व अध्यक्ष दोर्णबहादुर बस्नेत । 
 कार्यक्रममा नेकपा एमाले अध्यक्ष टोमलाल पाण्डे, नेकपा माओवादीका जिल्ला इन्चार्ज बिरबहादुर कार्की, बौद्धिक अपाङ्ग अभिभाबक संघका अध्यक्ष इश्वरी पौडेल, तारा बस्नेत लगाएतले मन्त्व्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष लक्ष्मण पौडेल, समाजका पुर्व सदस्य मिनुराम पाण्डे, भुपु सदस्य सन्तोष सगुन र गुल्मी न्युज डट कमका संचालक/सम्पादक सन्जु काउछालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले अपाङ्गताको क्षेत्रमा केन्द्रले आफ्ना कार्यक्रमहरुलाई केन्द्रीत गरेर लगिरहेको वताउँदै यी सहयोगहरु आगामी दिनहरुमा पनि अपाङगताकै हितमा खर्च गरिने वताउनुभएको थियो । कार्यक्रम आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गगां रायमाझीको स्वागत मन्त्व्य तथा सदस्य ताराप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्मान ग्रहण पश्चात संयुक्त तस्बिर खिचाउँदै समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार दोर्ण बस्नेत, मिनुराम पाण्डे, सन्जु काउछा, सन्तोष सगुन र लक्ष्मण पौडेल (क्रमश बाँयाबाट दाँयातर्फ)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग