Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाघसँग प्रेम

Published on 9:26:00 AM //


रोयटर्स
जकार्ता, चैत्र ११ - प्रेमी जोडीले अधिकारकै रूपमा एकअर्कालाई गाढा र लामो चुम्बन गर्नु सामान्य मानिन्छ । भावुक भएर साधारण चुम्बन गर्नु त ठूलो एवं नौलो कुरा नै रहेन । तर, कतिपय ठाउँमा चुम्बन गर्नलाई भावनाको नभएर आँटको आवश्यकता पर्लाजस्तो लाग्न सक्छ । यो खबरभित्रको तस्बिर हेरेपछि त त्यस्तै लाग्छ । त्यसो चाहिँ पटक्कै होइन है ।  संसारको सबभन्दा खतरनाक जनावर बाघलाई प्रेमपूर्ण चुम्बन गर्दा यी मालिक्नीले हिम्मतको नभई भावनाकै सहारा लिन्छिन् । इन्डोनेसियाको पूर्वी जाभाको मलाङस्थित अल खाफाह इस्लामिक स्कुलको बरन्डामा डरलाग्दा बंगाली बाघको पालनपोषण भइरहेको छ । चार वर्षअघि संरक्षिका सोलेहले तीन महिनाको यो बाघलाई पुरस्कारको रूपमा पाएकी थिइन् ।

आत्मीय व्यवहारले मन जितेर उनले बाघ मुलान जामिलालाई आफ्नो बनाएकी छन् । फेरि एकपटक उनले पनि प्रमाणित गरेकी छन् कि प्रेम नै मानवको सबभन्दा ठूलो शक्ति हो । उनीहरूबीचको घनिष्टता, तालमेल र मायाप्रीति देखेर आफूलाई 'मै हुँ' भन्ने प्रेमी जोडीलाई पनि डाहा लाग्न सक्छ । उनले त्यतिबेलादेखि बाघको हेरचाह गरिरहेकी छन् । मालिक्नीको माया पाएर बाघ पनि मख्ख छ । बाघ मुलानले मालकिन सोलेहलाई एक इमानदार प्रेमीझैं मदहोस भएर चुम्बन गर्छन् । उनीहरू प्रायः विद्यालयको घाँसेमैदानमा खेलिरहेका भेटिन्छन् । यो बाघलाई विद्यालयमा विधिवत् घरपालुवा जनावरको रूपमा राख्नलाई सरकारले पनि अनुमति दिएको छ । सालेह पनि बाघको प्रेममा दिवानी छिन् । उनी बाघलाई खुसी राख्न हरसम्भव कोसिस गर्छिन् र दैनिक पाँच किलो ताजा मासु खुवाउँछिन् । उनी एक इमानदार प्रेमिकाझैं बाघलाई आलिंग्न र चुम्बन गर्नुका साथै पिठ्युँमा बसाएर यात्रा पनि गराउँछिन् । प्राकृतिक बासस्थानमा बंगालका बाघहरू शक्तिशाली रात्रिकालीन सिकारी मानिन्छन् । उनीहरू भैंसी, जंगली सुंगुर, मृग र अरू ठूला जनावरको सिकार गर्न थुप्रै माइलसम्म यात्रा गर्छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग