Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यातायात मजदुर संघका सदस्य गुल्मीका केसी

Published on 9:13:00 AM //


प्रेम सुनार
गुल्मी, फागुन ३ । नेपाल यातयात मजदुर संघको ५ औं अधिबेशनबाट गुल्मीका राम के.सी. लुम्विनी अञ्चलबाट केन्द्रिय सदस्य चयन भएका छन् । गुल्मीको मुसिकोट घर भई हाल हस्तीचौर १ उपल्लो फाँट बसो बास गर्ने के.सी. शनिबार सुनसरीको ईटहरीमा सम्पन्न अधिबेशनवाट केन्द्रिय सदस्यमा चयन भएका हुन् । अधिवेसनसले विराटनगरका अजय कुमार राईको अध्यक्षतामा ४० सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा वुटवलका दिर्गवहादुर केसी(कुमार), महिला उपाध्यक्षमा सत्यदेवि तिमल्सिना, झापाका वुद्ध तिवारी, सुर्खेतका गोपाल गिरी र पाल्पाका चन्द्र ढकाल पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महासविचमा झापाका धर्मराज भण्डारी, उपमहासविचहरुमा काभ्रेका नुनराज पन्त र कमलकुमार राई, कोषाध्यक्ष सुमन लामा, सहकोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतका सदस्य रहेको केन्द्रिय सदस्य रामु केसीले जानकारी दिनभयो ।
अधिवेसनले यातायात व्यवासयलाई मर्यादित वनाउँदै सामाजिक सुरक्षालाई लागु गर्ने लगायतका निर्णयहरु गरिएको नवनिर्वाचित अध्यक्ष अजयकुमार राईले वताउनुभयो । नेपाली कांग्रेस निकट रहेको यातायात मजदुर संघले संविधानसभाको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरलाई विजय वनाउन लागी पर्ने निर्णय समेत गर्रिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग