Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मतदाता नामावली संकलन कार्यमा अवरोध

Published on 6:25:00 PM //


जनार्दन घिमिरे
गुल्मी, चैत्र १५, नेकपा–माओवादीको एक समूहले विहिवार गुल्मीको सिसेर्नी गाविसमा मतदाता नामावली संकल तथा अध्यावधिक कार्यमा अवरोध पुर्याएका छन् । सात जनाको समूहमा गएको माओवादीको टोलीले विहिवार विहान सिर्सेनी गाविस ९ छापमा मतदाता नामावली संकलन गर्न भनि गएका दुई जना कर्मचारीहरुवाट कागजपत्र नियन्त्रणमा लिएको माओवादी जिल्ला ईन्चार्ज बिर वहादुर कार्किले जानकारी दिएका छन् ।
उक्त घटनाको सम्वन्धमा जिल्ला निर्वाचन कार्यालयले भने माओवादीहरुले लगत संकलन गर्न गएका निर्वाचन शिक्षा कार्यकर्ताहरुसँग रहेको फारम मात्र लगेको वताएको छ । नेकपा–माओवादीका कार्यकर्ताहरुले मतदाता नामावली संकलन गर्न अवरोध गरेको जानकारी पाएलगत्तै उक्त स्थानमा प्रहरी टोली पुगेपछि मतदाता नामावाली संकलन कार्यमा कुनै वाधा नपुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले वताएका छन् । गुल्मी जिल्लामा यही चैत सात गतेदेखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य शुरु गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग