Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२१ बर्षिय युवा एक हप्तादेखि वेपत्ता

Published on 6:38:00 PM //


प्रेम सुनार
गुल्मी, फागुन २६ । गुल्मीको सिर्सेनीका एक युवा एकहप्तादेखि घरवाट वेपत्ता भएका छन् । सिर्सेनी गाविस वडा नं. १ कुमाल खर्क निवासी २१ बर्षिय वसन्त सुनार फागुन १९ गते साँझदेखि घरवाट वेपत्ता भएका हुन् ।
गत शनिवार साँझ घरदेखि तल पर्ने हाट वजार सिमलटारीमा झरेका उनी साँझसम्म सिमलटारीमै रहेका र साथमा एकपैसा पनि नभएकोले कतै जानुको साटो कुनै अनर्थ भयो कि भनेर परिवारजन चिन्तामा रहेको सिमलटारीका समाजसेवी सुर्यवहादुर जिसीले वताए । समान्य जिन्स पाईन्ट टोपीसितको ज्याकेट र गोरो वर्णका उनलाई देख्ने जो कोहीले प्रहरी र परिवारलाई सुचना दिनेलाई उचित पुरस्कारको पनि व्यवस्था गरिएका छ ।
"हामीलाई कतै छोरो कतै गएजस्तो लाग्दैन", वसन्तका वावु मैत वहादुर सुनार भन्छन, "कतै केही भयो कि भन्ने चिन्ताले परिवारजन दिनमा भोक न रातमा निद्रा हुँदै वसेको छ ।" उनले सारा स्थानमा सोधखोज गर्दा पनि फेला नपरेपछि सवैलाई खोजिदिन आग्रह गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग