Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

Published on 9:15:00 AM //


घनश्याम गौतम
गुल्मी, चैत्र ३ - गुल्मीको बलेटक्सारबाट दरबार देविस्थान तर्फ जाँदै गरेको मोटरसाईकल दरबार देविस्थान-१ घुम्टीमा आज केही बेर अघि दुर्घटनामा हुँदा ६२ वषिर्या बृद्धाको मृत्यु भएको छ ।

लु. १० प. ११५० नम्बरको मोटरसाईकल दुर्घटनामा बलेटक्सार-६ की दमन्ता ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट झण्डै २५ मिटर तल खसेको मोटरसाईकलका चालक ज्ञवालीकै छोरा माधव ज्ञवाली गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग