Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज हङकङको भेटघाट तथा नयाँ वर्ष शुभकामना कार्यक्रम (फोटो फिचर)

Published on 2:03:00 AM //


गुल्मी समाज हङकङको भेटघाट तथा नेपाली नयाँ वर्ष २०७० शुभकामना आदान प्रदान कार्यक्रम १४ अप्रिल २०१३ युनलोङ स्थित ताईतोङ कन्ट्रिपार्कमा नौमती बाजा बजाएर भब्यतासाथ सु:सम्पन्न गर्यो।
गुल्मी समाजले हरेक वर्ष मनाउदै आईरहेको भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष पनी मनाईएको हो ।
समाजका अध्यक्ष नेत्र पहराईको अध्यक्षता, सल्लाहकार नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष जेएन ज्ञवालीको प्रमुख अतिध्यता र सँस्थापक अध्यक्ष श्री तिलक कुमार गाहा र बिभिन्न संघसस्थाका प्रतिनिधीहरुको बिशेष आतिध्यता रहेको छोटो औपचारिक कार्यक्रमलाई सचिव थल श्रीसले सन्चालन गरेका थिए भने स्वागत भाषण दिल बुढाथोकीले दिएका थिए ।
प्रमुख अतिथि ज्ञवालीले शुभकामना मन्तब्य दिएका थिए । अध्यक्ष पहराईले उपस्थित सम्पुर्ण गुल्मेली तथा गैर गुल्मेली महानुभाबहरुलाई धन्यबाद दिँदै आउदा दिनहरुमा अझ धेरै सहभागी हुने वाचा गर्दै नयाँ वर्षको शुभकामना दिँदै औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।
हङकङमा भर्खरै मात्र चर्चामा आएको सप्तरंगी कलाकेन्द्रका कलाकारहरुबाट नौमती बाजा बजाईएको थियो । चलनमा आएको नियमलाई पालन गर्दै, नौमती बाजा बजाउनु अगाडी अध्यक्ष पहराई र प्रमुख अतिथि ज्ञवालीद्वारा दिप प्रज्ज्वलन तथा भेटी चढाई बाजा बजाउन सुरु गरिएको थियो । हङकङको परिवेश अनुसारको सःशुल्क बीबीक्युको साथमा नौमति बाजाको धुनमा सम्पुर्ण उपस्थित जनहरुले नाचेर मनोरञ्जन लिएका थिए ।









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग