Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ध्वादी महोत्सव सम्पन्न (फोटो फिचर)

Published on 12:14:00 PM //

तेजेन्द्र थापा
शान्तिपुर, २ बैशाख । बिशुखर्क गाबिसको ध्वादिमा प्रथम ध्वादी महोत्सव २०२६९ सम्पन्न भएको छ । चैत्र २७ देखि ३१ सम्म चलेको सो महोत्सवमा खेलकुद र मनोरन्जनात्मक सांगीतिक कार्यक्रम गरि मनाइयो । भेकिया भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, ख्याती प्राप्त राष्ट्रिय कलाकारबाट सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरुको नृत्यका साथमा साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय कलाकारहरुमा रामजी खाँड, पूर्णकला बिसी, भागिरथ चलाउने, कमल जिसी, हरि सुनुवार र गुल्मीका गौरव नेपाल आइडल टप १० मा पर्न सफल तिलक बस्नेतले ध्वादिलाई संगीतमय  बनाएका थिए । भेकिय भलिबलमा प्रथम भई हिमचुली युवा क्लब बाच्छिखर्क बाग्लुङ्गले यस क्षेत्रकै बढी धनरासी रु.४०,००० हात पार्न सफल भयो भने शान्तिपुरले दोश्रो भई रु.२०,००० प्राप्त गर्यो त्यसैगरी हरेवा चिसापानीले तेश्रो स्थान सहित रु.१०,००० हात पार्यो ।
कार्यक्रमस्थलबाट गुल्मी न्युज सहयोगी तेजेन्द्र थापाले खिच्नुभएका केही तस्बिरहरु:








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग