Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पार्टिभित्रका फोहर मैला निकालेर गोलबद्ध भएर अगाडी बढ्नुपर्छ : चन्द्र केसी

Published on 2:07:00 AM //


नेपाली काँग्रेस महासमिति बैठक सोमबारदेखि नवलपरासीमा शुरु भएको छ । महासमिति बैठक पछि काँग्रेल नयाँ योजनाका साथ अगाडी बढ्ने छ । के योजना ल्याउँदै छ त काँग्रेसले महासमिति बैठकबाट ? काँग्रेस केन्द्रिय सदस्य नेपाली काँग्रेस, गुल्मीका सभापति चन्द्र केसीसंग गुल्मीन्युज सहयोगी गगनशिला खड्काले लिएको अन्तरवार्ताको सारसंक्षेप :

लुम्विनी अँचलमा महासमिति बैठक हुँदै छ, गुल्मीबाट कस्ता कस्ता व्यक्तिहरुको सहभागीता रहन्छ ? 
तीनवटा क्षेत्रबाट चार चार जना महासमिति सदस्यहरु छौँ । अनि तीन क्षेत्रबाट तीनजना महिला सहाभागी हुँदै छौँ ।

तपाईँहरु गुल्मीका महासमिति सदस्यहरुले मूख्य रुपमा कुन मुद्धा उठाउनुहुन्छ बैठमा ?
महासमिति बैठकमा त एउटा सिँगो जिल्लाको भन्दा पनि यो सम्पूर्ण राष्ट्रकै कुरा हो पार्टिको । पार्टिको नयाँ एजेण्डाहरुमा काँग्रेसको विधान संसोधनका प्रस्तावहरु, काग्रेसले अहिले गरेको जुन छ राजनीतिक निर्णयले गर्दा यो कर्मचारीहरुको सरकार छ । जस्तो तल्लो लेभलमा खर्दारले चलाउने गरेको छ गाउँमा, जिल्लामा एलडिओले चलाउने र माथी केन्द्रमा सचिवले चलाउने जुन संस्कार छ, यस्को बारेमा पनि महासमितिमा छलफल हुन्छ ऐले । त्यसकारणले राष्ट्रिय मुद्धाहरु, अन्तराष्ट्रिय मुद्धाहरु पनि छन् । जस्तै नदिनालाका कुराहरु, हाम्रा सिमाहरु मिचिएका छन्, सिमासम्बन्धि विबादका कुराहरु, राष्ट्रियताको सवालमा पनि केही कुराहरु उठ्छन् ऐले ।अहिलेको महासमिति बेग्लै टाईपको, भिन्नै प्रकारको र भिन्नै प्रकारका मुद्धाहरु भएकोले सदाको भन्दा ऐतिहासिक छ । यो महासमिति बैठक काँग्रेसको सबैभन्दा ठूलो हाउस हो । यसले दुई तिहईले नेता फाल्न सक्ने, नेतालाई राख्न सक्ने त्यो अधिकार पनि यो महासमितिले तोकेको हुन्छ र यो महासमिती ऐले झण्डै ८÷९ वर्षको अन्तरातमा हुँदै छ । गिरीजा प्रसाद कोईरालाले पनि गराउनुभएन ११ आँै महाधिवेशनको महासमिति पनि भएन । यो बाह्रौँ बर्षको महासमिति पनि अढाई वर्षको अन्तरालमा हुँदैछ । त्यसैले अहिले एउटा जिल्लाको भन्दा पनि समग्र राष्ट्रको बारेमा पार्टिले के गर्ने भन्ने विषयमा देशभरीका मेचिदेखि महाकालिसम्मका महासमितिका सदस्य साथीहरुको व्यापक ठूलो सहभागीतामा हुने कुरो हो । यसमा गुल्मीले सँधैभरी मुद्धाहरु उठाएको छ । अहिलेसम्मका महासमिती बैठकहरुमा जहिलेपनि म स्वयंले बोल्ने कुरामा पछाडी परेको छैन । जहिले पनि मैले उठाउने गरेको छु । अहिलेपनि यी कुराहरु उठाउँछु । हरेक जिल्लाका तीनजना सम्मलाई प्रतिनिधीत्व गराउने कुरा हुन्छ, उस्तैपरे सबैलाई संभव पनि हुँदैन । नेताहरुले को को लाई दिन्छन् बोल्न थाहा छैन तर धेरै मुद्धाहरु उठाउने छु ।

निर्वाचनको माहोलमा देश गैसकेको छ । आगामी निर्वाचनमा कााग्रेसलाई मजवुद बनाउन कसरी छलफल गर्नुहुन्छ ?
अव यो चुनाव हुन्छ कि हुँदैन काँग्रेको पार्टिभित्रको ठूलो पंक्ति विश्वस्त छैन चुनावको बारेमा । यो पक्ति चाहिँ विश्वस्त नहुँदा नहुँदै पनि एउटा प्रजातन्त्रवादी र एउटा प्रजातान्त्रीक शक्ति काँग्रेस भा’हुनाले सैद्धान्तिक हिसावमा, निष्ठाको हिसावमा र आस्थाको हिसावमा नेपालको लोकतन्त्र प्रति र प्रजातन्त्र प्रति काँग्रेसबाहेक अर्को विकल्प देखिँदैन । जस्तो एमालेहरु कम्यूनिष्टहरुको सोँचाईमा यस्तो डेमोक्रेटिक एक्सरसाईज हुन्छ भन्ने सिद्धान्ततः मिल्दैन । जस्तो व्याबहारमा एमाले अहिले आफूलाई लोकतन्त्रवादी भन्छ, चुनावको कुरा गर्छ । अव माओवादीहरु चुनावै चाहन्छन् भन्ने विषयमा मलाई विश्वास छैन । उनीहरुको केन्द्रिकृत र एकाधिकारी सरकार चलाउने रणनिति पनि हुनसक्छ । त्यसैले काँग्रेस चाहीँ देशप्रति वफादार ईमान्दार र सक्षम ढंगले र रणनितिक ढंगले कार्यकुशलताको हिसावमा अगाडी निश्चत रुपमा बढ्छ । यसमा कुनै शंकै छैन । तर पहिलो कुरो त पार्टिभित्रका अलिकता फोहर मैलाहरु जतिछन् त्यसलाई निकालेर सफा गरेर चुनावमा एकमत र गोलबद्ध भएर अगाडी बढ्नुपर्छ भन्नेमा निश्चित रुपमा काँग्रेस जान्छ । यसमा दुइृमत छैन । किनभने चुनाव नै काँग्रेसको एउटा चाहीँ मेन आधार हो ।

गएको निर्वाचनमा कँग्रेस मजवुद हुन नसक्दा अकल्पनिय क्षती व्यहोर्नुप¥यो, त्यसको समिक्षा गरेर आगामी चुनावका लागी नयाँ रणनिती बनाउनुहुन्छ होला नि ?
एकदम, एकदम । विगतमा तपाईँको हामीले ०४८ सालदेखि अहिलेसम्मका सम्पूर्ण चुनावहरु र अन्तरपार्टि सम्बन्ध र दुरीका सवालमा, पार्टि भित्रका सम्बन्ध र दूरीका कुराहरु, पार्टिभित्रको गुटबन्दीका कुराहरु, पार्टि भित्रको एकताका कुराहरु, पार्टि भित्रको मेनेजमेण्टका कुराहरु, तहगत जिम्मेवारी र अधिकारका कुराहरु, त्यसको समायोजन त्यसको व्याबस्थापन, अनि ति सबैलाई एउटा अनुशासनको कभर र मर्यादाभित्र राखेर अगाडी बढ्ने दिशामा अहिलेको महासमिती बैठक अग्रसर भएर अगाडी जान्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग