Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटल ब्यबसायी मञ्च गुल्मीको छैठौं साधरण सभा सम्पन्न

Published on 11:07:00 PM //


प्रेम सुनार
चैत्र ३१, गुल्मी । होटल ब्यबसायी मञ्च गुल्मीको छैठौं साधरण सभा आज सम्पन्न भएको छ । तम्घासको साखिने डाँडामा भएको साधरण सभाले वार्षिक कार्यप्रगतिको समिक्षा भावि कार्यक्रम तय गर्नुका सार्थ वार्षिक प्रतिबेदन पारित गरेको छ । त्यस्तै साधरण सभाले बजारको खुल्ला ठेला पसल हटाउने, डिलरहरुले गर्ने गरेको खुद्रा मदिरा विक्रिी वितरण रोक लगाउने र ब्यवसायीहरु विच गुणात्मक प्रतिस्पर्धा गराउने लगाएतका निर्णयहरु गरेको छ ।
नव वर्षको अवसरमा भएको साधरण सभासंगै होटल ब्यबसायीहरुले शुभकामना आदन प्रदान एवं बनभोज कार्यक्रम समेत गरेका थिए । साधरण सभाले होटल ब्यवसायी मञ्चका जल्ला अध्यक्ष युवराज भण्डारी केन्द्रिय समितिमा बढोत्तरी भएपछि उहाँको स्थानमा मञ्चका बरिष्ठ उपाध्यक्ष बुद्धविर थापालाई कार्यबाहक अध्यक्ष पदमा चयन गरेको छ । त्यस्तै केन्द्रिय समिति कै सह सचिवमा बढोत्तरी भएका जिल्ला सचिव मुकुन्दहरी गौतमको स्थानमा सह सचिव चुराबहादुर खत्रीलाई सचिवमा चयन गरिएको छ ।
साधरण सभामा सचिव चुराबहादुर खत्रीले बार्षिक कार्य प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष विष्णु ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मञ्चका जिल्ला अध्यक्ष एवं मञ्चका केन्द्रिय सदस्य युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष फर्सुराम पौड्यालको स्वागत मन्तब्य र कार्यबाहक अध्यक्ष बुद्धबिर थापाको सञचालन गर्नु भएको थियो । होटल ब्यबसायीहरुले आजै नव वर्ष २०७० को अवसरमा बनभोज कार्यक्रम गरी शुभकामना आदन प्रदान समेत गरेका छन् । गुल्मीमा होटलहरुको संख्या ७ सय ५५ वटा रहेको कार्यबाहक अध्यक्ष बुद्धिविर थापाले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग