Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेढ महिनापछि गुल्मीमा एक युवाको कंकाल फेला पर्यो

Published on 7:24:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ३० चैत । घरबाट बेपत्ता भएको झण्डै डेढ महिनापछि गुल्मी सिर्सेनीका एक युवाको कंकाल मरभुङ्ग गाविसमा फेला परेको छ । सिर्सेनी गाविस वडा नम्वर १ भुजुङ्ग गाउँ निबासी २० वर्षिय युवा बसन्त बिश्वकर्माको कंकाल मरभुङ्ग ३ स्थित भ्यागुते भिरदेखि तल क्षत बिच्छेद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बसन्त फागुन १२ गतेदेखि घरबाट बेपत्ता भएका थिए । साँझसम्म घरदेखि तलको सिमलटारी बजारमा देखा परेको वताईए पनि उनलाई परिवारजनले कतै फेला नपारेपछि उनको खोजतलासका लागि प्रहरीलाई आग्रह गरेका थिए । प्रहरीले घटनावारे अनुसन्धान भई रहेको बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग