Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफुले पढेको बिद्यालयलाई कतारबाट प्रोजेक्टर सहयोग

Published on 2:39:00 AM //



बैदेशीक रोजगारीको सिलसिलामा हाल दोहा कतारमा कार्यरत श्री शारदा उच्च मा बि दिब्रुङ ५ सराङका भूपू विद्यार्थीहरुले आफ्नो बिद्यालयलाई प्रोजेक्टर सहयोग गरेका छन ! 'दिब्रुङ प्रवासी समाज दोहा' मा आबद्द दिब्रुङबासीहरुले आफुले अध्ययन गरेको बिद्यालयलाई सो सहयोग प्रदान गरेका हुन ।
२०१४ सालमा कक्षा ३ बाट स्थापना भएको उक्त बिद्यालयमा हाल कक्षा ११ र १२ सम्मको पढाई सन्चालन हुन्छ । त्यसैगरी कक्षा ५ सम्म अंग्रेजी माध्यमा पनि पढाई हुन्छ ।

समाजको हरेक महिनाको दोश्रो शुक्रबार मासिक बैठक बस्ने गर्दछ । प्रेम प्रकाश खरालको अध्यक्षतामा बसेको यसपालीको बैठकले सो निर्णय गरेको समाजका सचिब दुर्गा प्रसाद खरालले जानकारी गराउनुभएको छ । साथै समाजले स्वर्गिय १००८ स्वामी प्रमानन्दको तपस्यास्थल दिब्रुङ मन्दिरको फेदीमा रहेको शारदा उच्च माबीबाट यसबर्षको वार्षिक परिक्षामा उतिर्ण भई कक्षा पास गर्नु हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत ब्याक्त गरेको थियो । बैठकमा सँस्थाका कोषाध्यक्ष हरी अर्याल र सदस्यहरु यम खराल, प्रेम खरेल, तिलक अर्याल, पुस्कर अर्याल, धिराज बिक, जयहरी देवकोटा, मनिराम देबकोटा, बिष्णु खरेल, कृष्ण सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

       

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग