Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोराले खुट्टा भाँच्चिदिएका बाबु खर्च अभावमा अलपत्र

Published on 5:12:00 AM //


धुर्कोट (गुल्मी), वैशाख ५ - छोराहरूको कुटाइबाट खुट्टा र करङ भाँच्चिएर अस्पतालमा उपचार गराइरहेका गुल्मी धुर्कोट रजस्थलका एक व्यक्ति उपचार खर्च तिर्न नसकेर अस्पतालमै अलपत्र परेका छन् ।

चैत २१ गते राति धुर्कोट रजस्थल–९ चौर बस्ने छोराहरू जीवन भण्डारी र कृष्ण भण्डारीको निर्घात कुटाइबाट गम्भीर घाइते भएका तारापति भण्डारी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अलपत्र परेका हुन् । “हिजो नै डिस्चार्ज भएको हुँ” गला अवरुद्ध पार्दै भण्डारीले फोनमा भने, “पैसा नभएर अस्पतालमै बन्दी भएँ, न्याय दिलाई दिनुहोस् ।”

दायाँ खुट्टा तीन ठाउँमा भाँच्चिदिएका छन्, दायाँपट्टिका तीनवटा करङ पनि भाँच्चिदिएका छन् तर प्रहरीले उनीहरूलाई छाडिदिएको सुन्छु”, भण्डारीले भन्नुभयो, “उपचार गराउँछौँ भनेका थिए तर फर्केर हेरेनन् ।”

यस सम्बन्धमा प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले आफूले तत्काल सोधखोज गर्ने बताए ो ।

 स्रोतका अनुसार बाबुलाई कुटपिट गरेर अपाङ्ग बनाउने छोराहरू जीवन र कृष्णलाई राजनीतिक दबाबमा उन्मुक्ति दिने प्रयास भइरहेको छ ।

ज्यानै लिने प्रयत्नका साथ भएको अपराधमा संलग्न उनीहरूलाई प्रहरीले कानुनतः हदैसम्मको कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीय न्यायप्रेमी जनताको माग रहेको छ । -रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग