Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्यान्सर पीडित रमेशलाई बेलायतबाट रु. ५१००० सहयोग

Published on 4:34:00 AM //


०७ बैशाख । ब्लड क्यान्सरबाट अस्पातलको शैयामा छटपटाईरहेका गुल्मी हस्तिचौर ८ का रमेश घिमिरेलाई बेलायतबासी गुल्मेलीहरुले रु. ५१००० सहयोग गरेका छन । ब्लड क्यान्सरबाट पिडित भई हाल काठमाडौं स्थित कान्ती बाल अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई हाल बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले उक्त सहयोग सङ्कलन गरेका हुन । गुल्मी जिल्ला समाज, युकेका आजीवन सदस्य भिम खनालको अगुवाईमा सन्चालन गरिएको सहयोग सङ्कलन अभियान मार्फत ३-४ दिनको छोटो अवधिमै उक्त सहयोग सङ्कलन भएको हो ।
बेलायतमा बसोबास गरिरहनुभएका ओम प्रसाद थापा (शान्तिपुर) ले २० पाउण्ड, अर्जुन गौतम (जुभुङ) ले २० पाउण्ड, फत्त थापा मगर (ताल्तुङ) ले २० पाउण्ड, खगेन्द्र बोहोरा (अमरपुर) ले २० पाउण्ड, खड्क रेस्मी (ताल्तुङ) ले २० पाउण्ड र केशब भण्डारी (धुर्कोट) ले पनि २० पाउण्ड सहयोग उपलब्ध गराउनुभएको थियो । त्यसैगरी भिम खनाल (हस्तिचौर) ले २० पाउण्ड, शिव भण्डारी (धुर्कोट) ले २० पाउण्ड, राजु थापा (काठमाडौं) ले २० पाउण्ड,  नबिन पोख्रेल (काठमाडौं) ले २० पाउण्ड, गोकर्ण बस्नेत (गौँडाकोट) ले २० पाउण्ड,  मोतिराज भण्डारी (रुपाकोट) ले २० पाउण्ड, बिनोद  ज्ञवाली (लिम्घा) ले २० पाउण्ड, भेष बहादुर थापा (तम्घास) ले २० पाउण्ड, राजन खरेल (आँपचौर) ले २० पाउण्ड, मिन दर्लामी (भार्से) ले २० पाउण्ड, दुर्गा पाण्डे (दिगाम) ले २० पाउण्ड, अनन्त रेस्मी (ताल्तुङ) ले २० पाउण्ड, टोप बहादुर पल्ली (गौँडाकोट राजा) ले २० पाउण्ड  र कृष्ण प्रसाद खनाल (पालुखा) ले १० पाउण्ड सहयोग उपलब्ध गराउनुभएको थियो । सहयोग सङ्कलन अभियानमा हातेमालो गर्नुहुने सबैलाई खड्क रेश्मी र भिम खनालले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग