Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै विद्यालयमा प्राचार्य र अध्यक्ष दुबै महिला, त्यो पनि मगर समुदायबाट (अडियो कुराकानी सहित)

Published on 2:53:00 AM //

प्रेम सुनार
बैशाख ८, गुल्मी । महिलाले नेतृत्वदायी भुमिका खेल्न सक्दैनन भन्ने भ्रमलाई चिर्दै गुल्मी क्षेत्र नं. १ जस्तो विकट गाउँका जनताले एक विद्यालयमा प्राचार्य र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको नेतृत्व दुवै महिलालाई नै दिएका छन् । क्षेत्र नं. १ स्थित जनकल्याण उच्च माध्यमिक विद्यालय, फोक्सिङ्गको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्राचार्य दुवै महिला रहेका छन्। व्यवस्थापन समितिका अध्यक्षमा देवी पुन मगर रहनुभएको छ भने हालै प्राचार्यमा मिना राना मगर रहनुभएको छ ।
प्राचार्य मिना राना मगर (बाँया) र अध्यक्ष देबी पुन मगर (दाँया) ।
तस्बिर: प्रेम सुनार 
मगरहरुको वाहुल्यता रहेको फोक्सिङ्ग गाविसमा कुनै समय महिलाहरु विद्यालयमा नभई चुलाचौको र दाउरा घाँसपात तथा मेलापातमा सिमित हुन्थे, अझै पनि त्यहाँका कयौँ महिलाहरु शिक्षावाट वञ्चित भईरहेको वेला यी दुई महिलाले प्राचार्य र अध्यक्ष पद सम्हाल्नु जिल्लामै पहिलो उदहारण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘प्राचार्य मात्रै वा अध्यक्ष मात्रै महिला भएका विद्यालय त छन्" जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भन्नु भयो, "अध्यक्ष र प्राचार्य दुवै महिला भएको विद्यालय फोक्सीङ्गको जन जागृति उच्च माध्यामिक विद्यालय जिल्लाको पहिलो र एकमात्र विद्यालय हो ।" प्राचार्य रानाले शिक्षण पेशा गर्न थालेको २२ वर्ष भयो भने अध्यक्ष पुनले पनि फोक्सीङ्ग कै अर्को विद्यालयमा पढाउनु हुन्छ ।
एउटै विद्यालयमा दुवै नेतृत्व सम्हालेका अध्यक्ष देवी पुन मगर र प्राचार्य मिना राना मगरसँग क्रमश गुल्मीन्युज सहकर्मी प्रेम सुनारले छोटो कुराकानी गर्नुभएको छ । सुनौ उँहाहरुसँग गरिएको कुराकानी:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग