Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भार्सेमा वन ब्यवस्थापन तालिम सम्पन

Published on 1:47:00 PM //


 प्रेम सुनार
चैत्र २६, गुल्मी । जिल्ला वन कार्यालय गुल्मीको आयोजना र शान्तिपुर रेन्ज पोस्ट कार्यालयको संयोजकत्वमा त्यस स्थानमा तिन दिने वन ब्यबस्थापन तथा उद्यम विकास तालिम आज सम्पन्न भएको छ । दभुङ्ग प्राथामिक बिद्यालय भार्से ८ को भवनमा सम्पन्न तालिम समापन कार्यक्रममा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला वन अधिकृत शिलानाथ झाले गैर वन पैदवार जडिबुटीहरुको ब्यवस्थापन गर्ने तरिका र सामुदायीक, निजी वन संरक्षण गर्दाको फाईदाबारे प्रशिक्षण दिनु भएको थियो । त्यस्तै मदाने संरक्षित वन कार्यक्रमका प्रमुख फरशुराम पौड्यालले जडिबुटीहरुको सामाजिक , आर्थिक र साँष्ृकृतिक महत्वबारे प्रशिक्षण दिनु भएको थियो । तालिममा शान्तिपुर रेन्जर पोष्ट अन्तरगतका ९ वटा गाविस र वामी रेन्जर पोष्ट गाविसका ४० जना सरोकारवालारुको सहभागिता थियो । तालिमको शान्तिपुर रेन्जर पोष्टका फरेस्टर बाबुराम न्यौपानेले सहजीकराण् गनु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग