Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज युएईको नयाँ बर्ष शुभकामना आदान प्रदानका साथ नयाँ कार्यसमिती चयन

Published on 6:43:00 AM //


मदन बिस्ट
गुल्मी सेवा समाज युएईले गत शुक्रबार अप्रिल ५ तारिखका दिन बरदुबईको एभरेस्ट होटेलमा साधारण सभा सम्पन्न गरेको छ । प्रदेसी नेपालीको चाहना देशको चौतर्फी बिकासको कामना भन्ने मूल नारा सहित २०६८ असौज १४ मा स्थापित समाजले झन्डै २ वर्षको कार्यकालपछि साधारण सभाको आयोजना गरि आउँदै गरेको नवबर्ष २०७० को सुभकामना आदान प्रदान गरेको छ ।
 समाजका संस्थापक तथा निबर्तमान अध्यक्ष शंकर ज्ञवालीको अध्यक्षतामा एनआरएन आइसीसीका मधयपुर्ब सह संयोजक एलएन सुबेदीको प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा बिशेष अतिथिहरुमा एनआरएन एनसीसीका अध्यक्ष चन्द्र बहादुर रोकाहा, चन्द्र प्रसाद सापकोटा तथा संस्थाका प्रमुख सल्लाहकार लछ्मन भण्डारी हुनु हुन्थ्यो भने अन्य अतिथिमा नेपाली एकता समाजका मेघराज खनाल, बबिता रासकोटी अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष राजु खड्का, प्रबासी अनलाईनका सेखर चापागाई ,जनप्रदेसी मंचका अध्यक्ष हेमन्त पौडेल, पथरी युवा समाजका मोहन नेपाल, बुनु उप्रेती, समाजसेबी अर्जुन गौतम, देव बहादुर जी.सी. ,देबेन्द्र कार्की, बलु खड्का, पत्रकार विजय पाण्डे, रबिन्द्र फुँयाल, मान बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन मदन बिस्टले गरेका थिए ǀ
 कार्यक्रम साँस्कृतिक तथा लोक भाकामा गित तथा विभिन्न रचना गजल कविता हरु बाट उपस्थित सम्पूर्ण नेपाली दाजु-भाई दिदि-बहिनिहरुलाई भरपुर मनोरंजन दिईएको थियो ǀ गुल्मी जिल्ला बाट कामको सिलसिलामा युएईमा आएर काम गरिरहेका दुबई, सारजाह, आबुधाबी, अलेन जस्ता टाढा टाढाबाट गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सभापति र प्रमुख अतिथि र अतिथि हरुबाट मैनबत्ति बालेर राष्ट्रिय गानका साथ उद्घाटन गरिएको थियो भने उपस्थित सबै लाई मिनप्रसाद भण्डारीले स्वागत गरेका थिए र होम बहादुर कुँवर, बिष्णु आचार्य, यमलाल पराजुली, सबिता आचार्य, लोकनाथ कुँवर, हिमाल बिकले सांगीतिक कोसेली तथा स्वागत गित पस्कनु भएको थियो । उक्त कार्यक्रममा मौसमी जीले नाच तथा अमृता पौडेलले कविता अनि बुनु उप्रेतीले आधुनिक गित गाउनु भएको थियो । कार्यक्रमलाइ बेबस्थित गर्न गोपाल कुँवर, चन्द्रकला अर्याल, पम्फा अर्याल, रमेश भण्डारी, रामु श्रेष्ठले ब्यवस्थापन तथा अतिथि सत्कारका लागि सहयोग गरेका थिए । संस्थाको प्रगति विवरण तथा कार्यपत्र राजकुमार पाण्डे ले प्रस्तुत गरेका थिए ।


साथमा लक्ष्मण भण्डारीको अध्यक्षतामा २१ सदस्सीय कार्य समिति सर्बसम्मतले पारित गर्दै प्रथम उपाध्यक्ष तुलसी राम पौडेल, दितीय उपाध्यक्षमा कृष्ण गौतम, महासचिब लक्ष्मण अर्याल, सचिब राजकुमार पाण्डे, कोषाध्यक्ष रामलाल निउरे, सह-कोषाध्यक्षमा रमेश भण्डारी तथा संस्थाको प्रबक्तामा मदन बिस्ट, महिला बिभाग संयोजक अमृता पौडेल, साँस्किर्तिक बिभाग मा यमलाल पराजुली, खेलकुद विभागमा दान बहादुर जिसी , संस्थागत बिभाग होम बहादुर कुँवर, प्रकासन तथा प्रचार प्रसार बिभागमा मान बहादुर कुँवर, अनुशासन मुल्यांकन तथा कारबाही बिभागमा खिम बहादुर कुँवर र सदस्यहरुमा राधिका भण्डारी, बुद्दी प्रसाद न्यौपाने, रञ्जन न्यौपाने, कपिल ज्ञवाली, कृष्ण गौतम, बिस्नु भण्डारी, बिस्नु न्यौपानेलाई सर्बसम्मतले चयन गरेको छ ३ जना सम्म सल्लाकार राख्न सक्ने निर्णय गरेको समाजले हालको लागि अर्जुन प्रसाद गौतम लाई समाजको सल्लाकारमा मनोयन गरेको छ भने दुबई, सारझाह र अबुधाबी क्षेत्रिय समितीका अध्यक्षहरुलाई पनि मनोनित सदस्यमा लियको छ ।

कार्यक्रममा समाजका नबनिर्बाचित अध्यक्ष लक्ष्मण भण्डारीले एकअर्कालाई सहयोग र समर्थनको भाबना हामी सबै गुल्मेली दाजु भाइहरुको समस्या र राष्ट्र निर्माणको अभियानमा हाम्रो सकारात्मक सोचको बिकासको लागि यो अभीयान मा सहयोग र समर्थन गरिदिन हुन हार्दिक अनुरोध गर्दै पूर्व कार्यसमिती र कार्यक्रममा उपस्थित भै सफल पार्न सहयोग गर्ने सबै महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नु भयको थियो । कार्यक्रममा सयौको संख्यामा सदस्यता का लागि आबेदन परेका छन् भने आजिबन सदस्य हरु लाई दोसल्ला ओढाएर सम्मान गरियको थियो । नबनिर्बाचित कार्य समीतिको प्रथम बैठक विभिन्न एजेन्डामा अर्को शुक्रबार छलफल गर्ने गरि केहि महत्वपूर्ण बिषयमा छलफल र समिछ्या गर्दै सम्पन्न भयको छ । अन्तमा कार्यक्रममा नबनिर्बाचित सबै कार्यसमितीलाई बधाई र कार्यकाल सफलताको सुभकामना व्यक्त गर्दै पूर्व अध्यक्ष ले कार्यक्रम अन्त्य गर्नु भयको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग