Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 7:05:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"

कुनै पनि सामाग्रीमा सस्तो दर छैन
महँगाई मात्र तर गुणस्तर छैन

नामर्द नेताले देशै रद्दी बनाउँदा
नेपालमा जागिरको अबसर छैन

सरकार त बदलियो भन्छन खै त
चुनाव होला जस्तो कतै खबर छैन

बन्द हड्ताल हिँसा सबै उस्तै छन
अहिलेको मन्त्री माथि नि केही भर छैन

जातजातिको निँहुमा गाँउ भाँडे पछी
शान्ती र एकताको यहाँ नगर छैन

गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग